• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

रामेछापमा चुनाव जित्ने गठबन्धन र एमालेको यस्तो छ हिसाब किताब


  •   शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
  • रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि लोकतान्त्रिक बाम गठबन्धन ९सत्ता गठबन्धन० र नेकपा एमालेका उम्मेदवारहरुले निर्वाचन जित्नको लागि आ–आफ्नो रणनीति बनाएर अघि बढेका छन् । चुनावी अभियानलाई तीब्रता दिएका गठबन्धन र एमालेका उम्मेदवारहरुले जित्ने आ–आफ्नै दावी प्रस्तुत गर्दै जनतासँग मोट माग्ने अभियानमा जुटेका छन् ।

    Advertisement

    सत्ता गठबन्धनबाट नेपाली रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ कान्छाराम यस पटक प्रतिनिधिसभाको उम्मेदवार छन् । गत निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार बनेका कान्छाराम तत्कालिन बाम गठबन्धनसँग थोरै मतले पराजित भएका थिए । गत निर्वाचनमा एक्लै चुनाव लडेको कांग्रेसले यस पटक माओवादीको साथ पाएको छ ।

    गत चुनावमा बाम गठबन्धनबाट माओवादीका श्याम कुमार श्रेष्ठ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यस पटक स्थानीय तहको निर्वाचनमा रामेछापमा तेस्रो पार्टी बन्न पुगेको माओवादीले संघ कांग्रेसलाई छोडेर दुई वटा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको छ । विगतमा निर्वाचन जितको स्थानमा आफूहरुले नै पाउनु पर्ने दावी माओवादीले राखेपनि अन्तिम समयमा संघको टिकट कांग्रेसले लिएको थियो । संघको प्रतिस्पर्धा छोडेर माओवादीले रामेछापको प्रदेश क मा संविधानसभा सदस्य तारानारायण श्रेष्ठ र प्रदेश ख मा माओवादीका पोलिटब्यूरो सदस्य युवराज चौलागाईलाई उम्मेदवार बनाएको छ ।

    श्रेष्ठ २०६४ सालको संविधानसभा सदस्यमा रामेछापका तत्कालिन १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनी हाल माओवादी जिल्ला समन्वय समिति रामेछापको सचिवको जिम्मेवारीमा छन् । यस पटक श्रेष्ठलाई निर्वाचन जित्नका लागि कांग्रेसकै मत निर्णायक हुने देखिएको छ । स्थानीय तहको मतको तुलना गर्दा प्रदेश क मा माओवादी तेस्रो नम्बरमा रहेको छ । स्थानीय तहमा पहिलो शक्ति बनेको कांग्रेसको भोट नै श्रेष्ठले चुनाव जित्ने आधार हो ।

    त्यसैगरी पहिलो पटक प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिएका युवराज चौलागाई युवा नेता हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा उनले उम्मेदवार दावी गरेपनि अन्तिम समयमा आएर टिकट पाएका थिएनन् । यस पटक पनि उनले प्रतिनिधिसभा सदस्यको लागि रामेछापबाट उम्मेदवारी तयारी गरेका थिए । तर संघ कांग्रेसको भागमा परेपनि यस पटक उनले रामेछाप प्रदेश ख बाट उम्मेदवारी दिएका हुन् । प्रदेश ख मा सुनापति गाउँपालिका र दोरम्बा शैलुङ माओवादीले जितेको छ । यी दुई गाउँपालिकाबाट आउने भोटलाई नै उनले जितको आधार बनाएका छन् । चौलागाई चुनाव जित्न कांग्रेसको मत नै निर्णायक मानिएको छ । विगतमा माओवादी एक्लैले चुनाव जित्ते आधार रहे पनि पछिल्लो समय माओवादीको सांगठानिक अवस्था एक्लै चुनाव जित्न नसक्ने बनेको छ । सबै भन्दा बढी मतदाता रहेको मन्थली नगरपालिका माओवादी तेस्रो शक्ति हो । खाँडादेवी गाउँपालिकामा भने एमालेको वर्चश्व रहेको छ । गठबन्धन रहेको रहेको कारण कांग्रेसले इमान्दार भएर मत दिएको अवस्थामा सहजै निर्वाचित जित्ने आकंलन माओवादीले गरेको छ ।

    जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार हाल रामेछापको आठ वटा स्थानीय तह र ६४ वटा वडामा गरी १ लाख ८३ हजार मतदाता रहेका छन् । जस मध्य एक लाख ५ हजारको आसपासमा मत खस्ने अनुमान गरिएको छ । स्थानीय तहको तुलनामा मंसिर ४ मा हुने निर्वाचनमा कम मत खस्ने पूर्व अनुमान गरिएको छ ।

    यस पटक रामेछापको संघतर्फ एमाले रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले उम्मेदवारी दिएका थिए । विगत लामा समयदेखि निर्वाचत लडदै आएका ढुंगेल गत निर्वाचनमा बाम गठबन्धनबा प्रदेश ख बाट निर्वाचित भएका थिए । बागमती प्रदेशको सांसद बनेका ढंगेलले लामै समय प्रदेशका अर्थ मन्त्रीको रुपमा काम समेत गरे । उनले विगत लामो समयदेखि राजनीति गर्दै आएको प्रदेशको अर्थमन्त्री हुँदा रामेछापको विकासमा उल्लेखनिय काम गरेको विषयलाई चुनाव जित्ने आधार बनाएका छन् । उनले पार्टीको सांगठानिक अवस्था बलियो भएको र गठबन्धनभित्रको असन्तुष्टिलाई आफ्नो पक्षमा पारेर निर्वाचन जित्ने रणनीति बनाएका छन् ।

    एमालेबाट प्रदेश क का लागि उम्मेदवारी दिएका शान्ति पौडेल निवर्तमान प्रदेश सांसद हुन् । उनी पनि गत निर्वाचनमा बाम गठबन्धनबाट निर्वाचित भएका थिए । यस पटक भने कांग्रेस र माओवादीबीच बनेको गठबन्धनसँग चुनावमा प्रतिस्पर्धा गर्दैछन् । बागमती प्रदेशका पूर्व पर्यटन मन्त्री समेत बनेका पौडेलले आफूले अहिलेसम्म रामेछापवासीको सेवा गरेको र पार्टीको सांगठानिक अवस्थाको साथै जनताको साथ रहेको विषयलाई चुनाव जित्ने आधार बनाएका छन् ।

    एमालेबाट प्रदेश सभा ख का उम्मेदवार बनेका मिलन कुमार घिसिङ नयाँ अनुहार हुन् । उनी नेकपा एमाले जिल्ला कमिटीको सदस्यको रुपमा २०६८ सालदेखि हालसम्म काम गर्दै आएका छन् । लामो समयदेखि जिल्लामा सामुदायिक विकास समाजको नेतृत्व गर्नेदेखि लिएर विभिन्न संघ सस्था र दुई पटक गैर सरकारी महासंघको केन्द्रीय सदस्य भएर काम गरेका घिसिङले पार्टीको संगठन र विगतमा आफूले गरेको कामको आधारमा चुनाव जित्न सकिने बताउदै आएका छन् ।

    शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer