• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सिङ्गटीभन्दा उत्तरका सबै सडक कालोपत्र हुनेछन् : उम्मेदवार शिवाकोटी


  •   शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
  • दोलखा ।

    Advertisement

    नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले दोलखाको उत्तरी मुकाम सिङ्गटीदेखि उत्तरका सबै ग्रामीण सडक कालोपत्र गर्ने अभियान चलाइने बताउनुभएको छ ।

    घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा शनिबार जिल्लाको विगु गाउँपालिका–६ आलम्पु पुग्नुभएका उम्मेदवार शिवाकोटीले नेकपा एमालेको नेतृत्वमा बनाइएका सबै कच्ची सडकहरूलाई पक्की बनाउने अभियान नै सञ्चालन गरिने बताउनुभएको हो ।

    मंसिर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारहरूले जित हासिल गर्दा जिल्लामा विकासको रफ्तार बढ्ने उहाँको भनाइ छ ।

    ‘एमालेका उम्मेदवारहरूले जित हासिल गर्दा केन्द्र र प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्छ । एमालेको सरकार बन्यो भने मात्रै दोलखाको विकास निर्माणका कामलाई पूर्णता दिन र नयाँ कामको थालनी गर्न सकिन्छ,’ उम्मेदवार शिवाकोटीले भन्नुभयो, ‘एमालेले केन्द्रदेखि वडासम्मै ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियान सुरू गरिसकेको छ । यो विकास र समृद्धिको अभियान हो, यसलाई अगाडि बढाउन तपाइँहरूको साथको खाँचो हामीलाई छ ।’

    उम्मेदवार शिवाकोटीले अगाडि भन्नुभयो, ‘दोलखादेखि सिंगटीसम्म सडकको ट्रयाक खोल्ने काम तत्कालीन सांसद आनन्द पोखरेलको पालामा भएको हो । त्यस्तै सिंगटीदेखि विगु गाउँपालिकाका विभिन्न वडाहरूसम्म जोडिएका सडक सञ्जाल निर्माणमा पनि एमालेकै नेता र सांसदहरूको भूमिका छ । यसको स्तरोन्नति, ग्राभेल र कालोपत्रका लागि पनि तपाइँहरूले यो पटक सूर्यमै भोट हाल्नुपर्नेछ, हामी अभियानकै रूपमा योग्य सडकमा कालोपत्रको काम अगाडि बढाउँछौँ ।’

    सुनखानी–साङ्बा चक्रपथ बनाउने, सोरुङखोलाबाट खोपाचागु तर्ने पक्की पुल बनाउने, गाउँ–गाउँमा केन्द्रीय प्रसारणको विद्युत् पुर्‍याउने उनेलगायत कामहरूको नेतृत्व अहिलेसम्म एमालेकै सांसदहरूले गरिरहेको उहाँको भनाई थियो । अझ धेरै कामहरूलाई पूर्णता दिन बाँकी रहेकाले दोलखामा एमालेकै नेतृत्व आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो ।

    शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer