काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
Advertisement
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि राप्रापाले मतदातासामु प्रस्तुत गर्ने प्रतिबद्धतासहितको घोषणापत्र भोलि सर्वाजनिक गर्न लागेको जनाएको छ ।
राप्रपाले भोलि बिहान साढे ११ बजे काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंकेटमा एक कार्यक्रमको आयोजना गरी घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।




