• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

आचारसंहिता विपरीत कान्छारामको अभिव्यक्ति : व्यक्तिगत हेलिकप्टरमा लगेर उपचार गरिदिन्छु, भोट मलाई दिनुस्


  •   शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
  • मन्थली : रामेछापमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पूर्ण बहादुर तामाङ (कान्छाराम)ले आफ्नो व्यक्तिगत हेलिकप्टरमा लगेर उपचार गरिदिने आवश्वासन दिँदै मतदातासँग भोट मागेका छन्।

    Advertisement

    आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति निजिकिँदै गर्दा चुनावी अभियानको क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कान्छारामले हेलिकप्टरमा चढाउने आश्वासन दिँदै मतदातासँग आफूलाई भोट दिन आग्रह गरेका हुन् ।

    प्रतिनिधिसभा सदस्यले सामान्यतः आफ्नो जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, गुणस्तरीय शिक्षा, भूमी व्यवस्थापन, बेरोजगारीको व्यवस्थापन, सुशासन कायम गर्ने, बढ्दो भ्रष्टाचारको न्यूनीकरण, महँगी नियन्त्रण, आवश्यक कानून निर्माण गर्ने जस्ता प्रतिबद्धता सहितका योजनाहरु लिएर मतदाँतासँग भोट माग्नु पर्ने हो ।

    एउटा जनप्रतिनिधिले सत्ताका मालिक सार्वभौमसत्ता सम्पन्न नेपाली जनतासँग मत माग्ने क्रममा मैले व्यक्तिगत रुपमा हेलिकोप्टर लिएको छु, मलाई भोट दिनुस्, तपाइँहरु बिरामी हुँदा निःशुल्क ओसार्छु भन्दै चुनावी अभियानका क्रममा प्रचारप्रसार गर्नु लोकतन्त्रका खातिर शोभनीय कुरा होइन ।

    आफ्नो व्यक्तिगत सम्पत्तिको प्रलोभनमा पारेर मतदातालाई आफूतिर आकर्षण गर्न खोज्नु भनेको उनीहरुलाई सधैँ आफूप्रति निर्भर बनाउन खोज्नु जस्तै हो ।
    तर, गठबन्धनको तर्फबाट बनेका प्रतिनिधिसभा सदस्य उम्मेद्वार कान्छारामले भएको कानूनलाई लत्याउँदै मतदातासँग भोट मागेका छन् ।

    गते लिखुतामाकोशी गाउँपालिका वडा नं ३ को चिलाउनेमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेलाई भोट नदिन आग्रह गरेका कान्छारामले आफूले व्यक्तिगत लगानीमा हेलिकप्टर खरिद गरिसकेको बताएका थिए ।

    ‘विगत १० वर्षदेखि हेलिकोप्टरमार्फत रामेछापका नागरिकको उद्धार गरेको स्मरण गराउँदै प्रतिनिधिसभा सदस्य कान्छारामले सवारी दुर्घटनामा परेका व्यक्ति, बाढी पीडित, सुत्केरीहरुको उद्धार गरेको बताए ।

    कान्छाराम ठेकेदार हुन् । उनी दोस्रोपटक चुनावी मैदानमा छन् । यसअघि वाम गठबन्धनसँग पराजित भएका उनी यसपटक माओवादीको समर्थनमा चुनाव लड्दैछन् ।

    यता, जिल्ला निर्वाचन कार्यालय रामेछपका प्रमुख मधुकर शाहले मतदातालाई प्रलोभनमा पार्ने गरी अभिव्यक्ति दिन नहुने बताएका छन् । व्यक्तिगत वा सार्वजनिक सभा तथा मञ्चमा त्यसरी मतदातालाई प्रलोभनमा पार्ने गरी उम्मेद्वारले भोट माग्न नमिल्ने जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख शाहले बताए ।

    निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को परिच्छेद–४ दफा २० उपदफा १ को (च) मा कुनै उम्मेद्वार वा प्रतिनिधिले कुनै लोभलालच वा आर्थिक प्रलोभन देखाउन नपाउने व्यवस्था छ । यसो गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा दई वर्षसम्म कैद वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ ।

    शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer