• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पाहुना नेता काफ्लेलाई यसरी हराउने बताउँछन् नरबहादुर (तथ्यसहित)


  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
  • दोलखा 
    आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्यका लागि दोलखा ‘क’ मा नेकपा एमाले र नेपाली काग्रेसबीच प्रतिष्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ प्रदेश सभा सदस्यका लागि प्रतिष्पर्धामा छन् ।

    Advertisement

    काफ्लेको तुलनामा श्रेष्ठ पाका र परिपक्क नेता हुन् भने उनीसँग स्थानीय निकाय देखि स्थानीय तह सम्मको नेतृत्व गरेको अनुभव छ । जेल, नेल मात्र होइन, माओवादी सशस्त्र विद्रोहको बेला अपहरणमा पर्नुको साथै थुप्रै धाक र धम्की सहने सक्ने शालिनता पनि उनमा छ । उता काफ्ले भने जिल्लाका लागि पाहुना नेता हुन् । राजधानी काठमाण्डौबाट विद्यार्थी आन्दोलन सुरु गरेका काफ्ले आफ्नो क्षेत्रका लागि भने परिचित अनुहार होइनन् ।

    जिरी नगरपालिका, गौरीशंकर गाउँपालिका, वैत्यश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिका गरी जिल्लाका ९ वटा स्थानीय तहमध्ये पाँच स्थानीय तह यस क्षेत्रमा पर्छन् । जस मध्ये गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रका २ वटा पालिकामा नेकपा एमालेले जितेको छ । यस क्षेत्रको महत्वपूर्ण मानिने जिरी नगरपालिका र मेलुङ गाउँपालिका एमालेले जितेको कारण यस निर्वाचनमा एमालेले जीतका लागि सहज हुने देखिन्छ ।

    स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएको तामाकोशी र वैत्यश्वर गाउँपालिकामा बुथ कब्जा गरेर जित हासिल गरिएको थियो । हाल सरकारले निर्वाचनमा नागरिकलाई स्वतन्त्र मतदान गर्ने वातावरण बनाउने बताएको छ । यसका कारण ती स्थानबाट समेत एमालेलाई मत आउने भएको हुँदा एमालेको जित सहज देखिएको हो । तामाकोशी गाउँपालिका लगायतका अन्य तहमा एमाले कमजोर हुनुका पछाडि नेकपा समाजवादी पार्टीको ठूलो भूमिका रहेको थियो । अहिलेको माहोल हेर्दा दोलखामा नेकपा समाजवादी निकै कमजोर देखिएको छ । एकाध बाहेक समाजवादीका नेता तथा कार्यकर्ताहरु एमालेमै फर्किसकेका छन् र भएका पनि निष्कृय देखिन्छन्।

    दोलखाको यो निर्वाचन क्षेत्र कम्युनिष्टको किल्ला जस्तै हो । २०५१ सालमा तत्कालीन मध्यावधि निर्वाचनमा भीमबहादुर तामाङले जितेको यस क्षेत्रमा त्यस यता नेपाली कांग्रेसले भारी मतले हार बेहोर्दै आएको छ । २०५६ सालको आम निर्वाचनमा एमालेका पशुपति चौलागाई निर्वाचित भएका यो क्षेत्रमा २०६४ को निर्वाचनमा माओवादीकी देवी खड्का २२ हजार एक सय ८२ मत ल्याई निर्वाचित भईन् । भने २०७० को निर्वाचनमा पुन: एमाले नेता पार्वत गुरुङ १६ हजार दुई स ८१ मत ल्याई निर्वाचित भएका थिए । नेपाली कांग्रेसका जिपछिरिङ लामाले १२ हजार दुई सय ९८ मत ल्याएका थिए भने एकीकृत नेकपा माओवादीका नेता विशाल खड्काले ९ हजार ७८ मत ल्याई तेस्रो स्थानमा झरेका थिए ।

    नयाँ संविधान निर्माण र संघीयता कार्यन्वनयपछि २०७४ मा भएको निर्वाचन एमाले सहितको बाम गठबन्धनका उम्मेदवार विशाल खड्का निर्वाचित भएका थिए। सो निर्वाचनमा खड्काले २४ हजार ८ सय १३ मत ल्याई नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई पराजित गरेका थिए । खड्काले प्राप्त गरेको मत एमाले सहितको मत हो । सो निर्वाचनमा बर्मा लामाले १२ हजार ९ सय ५६ मत ल्याएका थिए।

    विशाल खड्का अहिले बागमती प्रदेशका वन तथा वातावरण मन्त्री बनेका छन् । तर मन्त्री बनेपछि विकासका काम भने खड्काले आफ्नो गाउँपालिका गौरीशंकरमा मात्र केन्द्रित गरेको भन्दै अन्य यस क्षेत्रका अधिकांश नागरिक एकीकृत नेकपा माओवादीसँग असन्तुष्ट रहेका छन्  ।

    गठबन्धनमा पनि शंकाको दृष्टिकोणबाट हेर्ने भएको हुँदा यसको फाईदा एमालेले लिने देखिन्छ । भर्खरै मात्र कांग्रेस नेता शुक्र तामाङले पार्टी छाडेको फेसबुकमार्फत घोषणा गरेका थिए । उनलाई द्वन्द्वकालमा माओवादीले दिएको यातनाका कारण उक्त घोषणा गरेको तामाङ निकट वृतमा चर्चा रहेको छ । यिनै विविध कारणहरुले काफ्लेसँग निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् नरबहादुर ।

    मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer