चरिकोट : दोलखा सत्ता गठबन्धनमा रहेका दलबीच चरम असन्तुष्टि देखा परेको छ । जसका कारण महत्वपूर्ण जिम्मेवारी सम्हालेका नेता तथा कार्यकर्ताहरु पार्टी छाड्नेको लर्को लागेको छ । अब नेकपा एमालेले फराकिलो मतअन्तरमा जित हासिल गर्ने पक्का भएको छ ।
जिरी नगरपालिकाको वडा नं. १ नेपाली कांग्रेसका नेता जिपछिरिङ लामाको जन्मथलो हो । उनको जन्मथलोमा कांग्रेस बलियो पार्टी हो । यो पार्टीमा लामो समय काम गरेका खुशबहादुर कार्की कांग्रेस छाडेर एमाले प्रवेश गरेका छन् । यसले यो वडामात्र नभई क्षेत्रमा नै गठबन्धनलाई गहिरो धक्का लागेको छ ।
साबिकको माली गाविसको अध्यक्षसमेत भएका नेता शैलेन्द्र खड्का समाजवादी पार्टीमा लागेका थिए । समाजवादीको राजनीति छाडेर उनी पनि एमाले नै प्रवेश गरेका छन् । गौरीशंकर गाउँपालिकामा कांग्रेस पार्टीका वडा कमिटी सभापति नै एमालेमा प्रवेश गरेका छन् । शैलुङ गाउँपालिकामा समाजवादीबाट वडाध्यक्षका उम्मेदवार पनि एमालेमा फर्किएका छन् ।
Advertisement
शैलुङ गाउँपालिकामा आज पनि नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । वडा नम्बर ७ फस्कुमा नेपाली कांग्रेस र समाजवादीबाट दर्जनौं पार्टी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका अगुवा कार्यकर्ता राजकुमार तामाङ, समाजवादी पार्टीका अगुवा कार्यकर्ता यज्ञ बहादुर नेपालीलगायत एमालेमा प्रवेश गरेका हुन् ।
‘अहिले दोलखामा एमालेले सबै ४८ हजार घरमा पुग्ने र पार्टी प्रवेश गराउने अभियान चलाइरहेको छ । अन्य पार्टी त्यागेर एमाले रोजेकाहरुलाई नेकपा एमालेका नेता तथा उम्मेदवारहरुले स्वागत गरिरहेका छन् । यसरी विपक्षी पार्टीका नेता तथा कार्यकर्ताको पार्टी प्रवेशले हामी फराकिलो मतले विजयी हुने अवस्थामा पुगेका छौँ ।’ एमाले दोलखाका नेता तथा प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण शिवाकोटीले बताउनुभयो ।




