• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गठबन्धनले लगातार आचारसंहिता उल्लंघन गरिरँहदा दोलखा प्रशासन मौन, एमाले निर्वाचन आयोग काठमाडौं जाने


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • दोलखा ।

    Advertisement

    सत्ता गठबन्धनका उम्मेदवार र जनप्रतिनिधिहरुले दोलखामा खुलेआम लगातार आचारसंहिताको खिल्ली उडाइरहँदा स्थानीय प्रशासन भने मौन बनेर बसेको छ ।

    पछिल्लो समय बागमती प्रदेश सरकारका मन्त्री विशाल खड्का आफ्नै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर बनेर हिँडिरहँदा प्रशानसनले चुँक्क आवाज निकाल्न सकेको छैन ।

    देश निर्वाचनमय भैरहँदा अहिले कुनै औपचारिक कार्यक्रम गर्न पाइँदैन तर मन्त्री खड्काले कात्तिक २५ गते जिरी नगरपालिकास्थित सहिद स्मृति माविमा जिरी नगरपालिकास्तरीय अन्तरमावि भलिबल प्रतियोगिताको उद्घाटन गरेका छन् ।

    उनको साथमा पूर्व मन्त्री देवी खड्का र गठबन्धनका उम्मेदवार गंगा कार्की र कुन्दन काफ्ले पनि सरिक भएका थिए ।

    विद्यालय हातामा विद्यालय समयमा राज्य संयन्त्रकै उपस्थितिमा उम्मेदवारसहितको टोलीले सहभागिता जनाउनु एकातिर आचारसंहिताको ठाडो उलंघन भएको छ भने अर्कातिर कानुनी राज्यको उपहास भएको छ ।

    यस बिषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई प्रमुख प्रतिपक्षी एमालेले औपचारिक जानकारी गराएको थियो । जानकारी हुँदाहुँदै पनि प्रशासन मौन बसेको आरोप एमालेको छ ।

    यस्तै निर्वाचन आचारसंहिताकै दौरानमा तामाकोशी गाउँपालिकास्थित वडा नं ३ छौंडेमा पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको उपस्थितिमा सेवाकेन्द्र उद्घाटन गरिएको छ ।

    पालिकाका प्रमुख प्रोणप्रताप केसीले कार्तिक २५ गते सेवाकेन्द्रको उद्घाटन गरेका हुन् । तामाकोसी गाउँपालिका वडा न ३ जफे जामुनेबाट प्रदान गरिरहेको सेवा सहज बनाउन सेवाकेन्द्र स्थापना गरिएको भनेता पनि हाल निर्वाचनलाई प्रभावित बनाउन यसो गरिएको स्थानीय बताउँछन् ।

    कार्यपालिकामा समेत पत्तो नदिई निर्वाचनका मुखमा सरकारका प्रतिनिधिहरुको यस्तो खालको हर्कतले सास्ती बनाएको तामाकोशी ३ का स्थानीय सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

    यसअघि गठबन्धनका उम्मेदवारहरुले शैलुङ गाउँपालिका, तामाकोशी र वैत्यश्वर गाउँपालिकाहरुमा आचारसंहिता उलंघनका गतिविधिहरु गरिरहेका छन् । स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई बारम्बार जानकारी गराउँदा पनि कुनै एक्सन नलिएको एमाले दोलखाका कार्यबाहक अध्यक्ष राजेन्द्र मानन्धरले बताए ।

    मानन्धरका अनुसार गाउँपालिकाहरुमा गठबन्धनका उम्मेदवारले ठूला ब्यानर राख्ने, गेट बनाउने, फोटोसहितको लकेट बनाउने जस्ता गतिविधि गर्दै आएका छन् । उनले अब औपचारिक कार्यक्रम नै गरेर मतदाता प्रभावित पार्न थालेपछि निर्वाचन आयोगको कार्यालय काठमान्डौ गएर उजुरी हाल्ने जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले भने दललाई आचारसंहिता विपरीतका सामग्री हटाउन भनिरहेको र अटेरी गरेमा प्रहरी लगाएर हटाइने बताउँदै आउनुभएको छ ।

     

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer