दोलखा ।
सत्ता गठबन्धन दोलखासँग यो निर्वाचनमा प्रतिबद्दता पत्र छैन । निर्वाचनमा दलहरुले चुनाव जितेपछि के के गर्ने भन्ने स्पष्ट योजना र खाका लिएर जनतामा जानुपर्ने हुन्छ तर सत्ता गठबन्धन दोलखाले त्यस्तो कुनै योजना अघि सारेका छैनन् ।
घोषणा/प्रतिबद्दता पत्र किन नबनाएको भन्ने सन्दर्भमा एक नेपाली कांग्रेस निकट पत्रकारले भने, ‘हाम्रो पार्टीको भोट यसपालि गठबन्धनबाट पुग्ने गरी आउँछ त, किन अरु कुरामा ध्यान दिनु ?’
निर्वाचन पछिको योजनाबारे अन्यौलमा रहेका गठबन्धनका दलहरुको चुनावी नारा एमालेको विरुद्दमा सार्वजनिक सभामा बोल्ने र एमालेका नेतालाई गाली गलौज गर्ने मात्र रहेको छ ।
गठबन्धनबाट प्रदेश सभा क मा एउटा पर्चा तयारी गरिएको छ भने ख मा त्यतिपनि छैन । कांग्रेस र माओवादी निकट नेताहरु दोलखा एमालेको प्रतिबद्दता पत्रमाथि प्रश्न उठाइरहन्छन् र टिकाटिप्पणी पनि गरिरहन्छन् साथै एमालेले गरेका विकासका कामका बारेमा चर्को आलोचना गरिरहन्छन् । तर, तर उनीहरुको योजना के हो भन्नेबारे प्रश्न गर्दा बोल्न सक्दैनन् ।
जनताका मुद्दाभन्दा पनि विचारहीन गठबन्धनलाई कसिलो बनाउने जोडबलमा दोलखाका गठवन्धन राजनीतिक दलहरु लागेकाले घोषणापत्र छायाँमा परेको हो । दोलखा एमालेले आगामी निर्वाचनका लागि दोलखामा र सुशासनको स्थायित्वसहित ५ वर्षमा के–के गर्ने भन्ने खाका तयार पारेको छ ।
नेपाली काङग्रेस ‘माओवादी केन्द्र र समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गर्ने हैसियतसमेत गुमाएको नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङले बताउनुभएको छ । माओवादी केन्द्र अब कांग्रेसको छत्र छायाँमा चुनाव लड्ने र कांग्रेसको सहयोगी दलको हैसियतमा पुगेको गुरुङको भनाई छ ।
उहाँका अनुसार निर्वाचनमा घोषणापत्रहीन गठबन्धनका उम्मेदवार जनताको घर दैलोमा गएका छन् । गठबन्धन दलहरु दोलखाको विकास गर्नका लागि भन्दापनि भागवण्डाका लागि मात्रै भएको मतदाताहरुले भनाई रहेको छ ।
सत्ता गठबन्धनले घोषणापत्र नै नबनाइ किन चुनावमा गएका होला ? भन्ने प्रश्नमा दोलखाका बुद्दिजीवि प्रेम अधिकारी भन्नुहुन्छ, ‘गठबन्धनको केन्द्रीय घोषणापत्रलाई नै चुनावी नारा बनाएर जाने देखिन्छ र जिल्लाको हकमा आज त घोषणा गरिएला तर भोलि कस्ले स्वामित्व लिने भन्ने अन्यौल उनीहरुबीचमा भएको हुनसक्छ’।




