• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कटारीको फोहर विसर्जन स्थलमा स्थानीयवासीको अवरोध


  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
  • उदयपुर : उदयपुरको कटारी–३ राजावासका स्थानीयवासीले फोहर विसर्जन स्थलमा फोहर फाल्न दोस्रो पटक रोक लगाएका छन् । पटकपटक फोहर विसर्जन स्थल अन्यत्र सार्न माग गर्दै आन्दोलित स्थानीयवासीले आजदेखि फोहर फाल्ने नगरपालिकाको सवारीसाधनमा अवरोध गरी फर्काइदिएका हुन् ।

    Advertisement

    यसअघि नगरपालिकाले अन्यत्रै फोहर विसर्जन स्थलको खोजी गर्ने सहमति भएपछि १५ दिनअघि फोहर फाल्न दिएको स्थानीयवासीले नगरपालिकाले तदारुकता नदेखाएको भन्दै फेरि फोहोर फाल्न रोक लगाएका हुन् । यसअघि १९ मङ्सिरमा फोहर फाल्ने ठाउँ अन्यत्र सार्न माग गर्दै नगरपालिकामा स्थानीयवासीले ज्ञापनपत्र बुझाएका थिए ।

    राजावास टोल विकास संस्थाका अध्यक्ष विजयकुमार अधिकारीले भन्नुभयो, “ज्ञापनपत्रमा पुस १ गतेदेखि फोहर फाल्न नदिने अल्टिमेटम दिइएको थियो ।” पुस १ गतेको अवरोधपछि भएको वार्तामा १५ दिनभित्र अन्यत्र स्थान खोज्ने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनमा नआएको भन्दै फोहर फाल्न रोक लगाइएको स्थानीय देव ढुङ्गेलले बताउनुभयो ।

    स्थानीयवासीको पटकपकटको अवरोधपछि नगरपालिकाले फोहर विसर्जन स्थलको खोजी गरिरहेको उपप्रमुख गीता खड्काले बताउनुभयो । “वन कार्यालय, वडाध्यक्ष, टोलविकास संस्थाका पदाधिकारीको टोलीले स्थान खोजिरहेका छौँ”, उहाँले भन्नुभयो, “समस्या समाधानका लागि पहल गरिरहेका छौँ ।”

    पटक पटक राजावासबाट फोहर विसर्जन स्थल अन्यत्र हटाउन नगरपालिकामा मौखिक तथा लिखितमा गर्दा समेत सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । राजावासमा बस्ती नजिकै जथाभावी फोहर फाल्दा स्थानीयवासीले समस्या हुने गरेको बताउँदै आएका छन् ।

    बजार नजिकै अव्यवस्थित तवरले फालिएको फोहरका कारण राजावास गाउँका गाउँलेले समस्या भोग्नुपरेको टोल विकास संस्थाका अध्यक्ष अधिकारीले बताउनुभयो । “दुर्गन्ध पैmलिन्छ, गाउँमा भात खान सक्ने अवस्था छैन, दिनप्रति दिन रोग फैलिँदैछ, झिङ्गा भन्किने जस्ता समस्या छन्”, उहाँले भन्नुभयो ।

    बजार नजिकै फालिएको फोहरका कारण बजारमा प्रदूषण बढ्ने गरेको छ । फोहर फैलिएको ठाउँ नजिकै सशस्त्र बेसक्याम्प, बौद्ध गुम्बा र बस्ती छ । फोहर फैलिएको खोलापारि कटारी बजार छ ।

    रासस

    आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer