• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सङ्कटालाई आहा रारा पोखरा गोल्डकपको उपाधि


  •   शनिबार, पुष २३, २०७९ मा प्रकाशित
  • कास्की । सङ्कटा फुटबल क्लबले २२औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ । पोखरा रङगशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब ९विवाइएससी० मिनेसोटालाई ३–२ गोलले हराउँदै सङ्कटा दोस्रोपटक च्याम्पियन बनेको हो ।

    Advertisement

    सङ्कटाले यसअघि २०औँ संस्करणको पनि उपाधि जितेको थियो । विजेता टोलीले रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भुटनिज युथ क्लबले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    सङ्कटालाई च्याम्पियन बनाउन सुरजज्यू ठकुरी, मेसुके ओलामाउ र सुनिल बलले एक–एक गोलको योगदान गर्नुभयो । उपविजेता भुटनिज युथ क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गर्नुभयो ।

    खेलको सातौँ मिनेटमा सुरजज्यू ठकुरीको गोलमा सङ्कटाले अग्रता लिएको थियो । यसैगरी खेलको ३५औँ मिनेटमा मेसुके ओलामाउले गोल गर्दै अग्रता दोब्बर बनाउनुभएको थियो । भुटनिज युथ क्लबका लागि रेने स्यान्टिलनले खेलको ३७औँ मिनेट र पहिलो हाफको अतिरिक्त समयमा विलिस ग्रिफिटले दोस्रो गोल गर्दै खेल बराबरीमा पुगेको थियो ।

    खेलको दोस्रो हाफमा कुनै पनि गोल भएन । निर्धारित ९० मिनेटको समय बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । तर एक सय १७औँ मिनेटमा सङ्कटाका सुनिल बलले निर्णायक गोल गर्दै टिमलाई च्याम्पियन बनाउनुभएको थियो ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सङ्कटाका सुनिल बल घोषित हुनुभयो । उहाँले एलजीको इलेक्ट्रिक स्कुटर प्राप्त गर्नुभयो । उत्कृष्ट मिडफिल्डरमा सङ्कटाका आयुष घलान, उत्कृष्ट गोलरक्षकमा सङ्कटाकै टिकेन्द्र थापा, उत्कृष्ट फरवार्ड सङ्कटाकै स्टेफन बिनोङ र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा सङ्कटाका सल्यान खड्गी घोषित हुनुभयो । उहाँहरु सबैले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।

    शनिबार, पुष २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer