काठमाडौं । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) वाग्मती प्रदेशको प्रथम अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
एलाइन्सको अधिवेशन तथा मानव अधिकारकर्मी र सामाजिक अभियन्ताहरूको प्रदेश सम्मेलनले १५ सदस्सीय प्रदेश कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।
श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा क्रमशः केशवराज पन्त र कविता शाह निर्वाचित हुनुभएको छ ।
कमिटीको सचिव र कोषाध्यक्षमा हरिबोल आचार्य र निर्मलकुमार उप्रेती निर्वाचित हुनुभएको छ । सहसचिवमा पार्वती घिमिरे दवाडी र अञ्जनप्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा सुवर्ण अधिकारी, सुनिता शर्मा, सन्तोष महर्जन, हरिप्रसाद तिमल्सिना, बिन्द्रा बिक, पम्फा मगराती, प्रमीला सुवेदी र दावा छिरिङ लामा निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सदस्य एवं एलायन्सका केन्द्रीय सदस्य रत्नप्रसाद कँडेलले जानकारी दिनुभयो ।
नेकपा एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य पार्वत गुरुङ, केन्द्रीय सदस्य शर्मिला कार्की लगायतको सहभागिता रहेको थियो ।




