• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर


  •   आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
  • काठमाडौँ, । ‘पुसमा पाकेको माघमा खाने’ पर्वका रूपमा देशभर माघे सङ्क्रान्तिको रौनक थियो । मौसम सफा थियो । सरकारले सार्वजनिक बिदा दिएका कारण अधिकांश सरकारी वा गैरसरकारी कार्यालय बन्द थिए । चिसो मौसम धेरै जसो मानिस घाम ताप्न व्यस्त थिए । केही मानिस आफ्नो काममा व्यस्त थिए ।

    Advertisement

    कतिपय माघी मनाउन र अन्य काममा काठमाडौँबाट पोखरातर्फ जानेहरू आफन्त भेटने अपेक्षामा थिए । तर उनीहरूको सबै चाहना सेती खोँचमा बिलाउन पुग्यो ।

    सबै प्रक्रिया पूरा गरेर उडेको थियो जहाज । यति एयरलाइन्सका वरिष्ठ पाइलट एवं प्रशिक्षक चालकका रूपमा परिचित कमल केसीको नेतृत्वमा एनवाइटी– ६९१, नाइन एन–एएनसी कलसाइन भएको जहाज बिहान १०ः३३ मा उडेको थियो । करिब ११ बजेतिर विमान पोखराको घारीपाटन नजिकै सेतीको खोँचमा दुर्घटना भयो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आज काठमाडौँबाट पोखराका कूल १६ उडान थिए । त्यसमा नौ वटा उडान बुद्ध एयरका थिए भने यतिका चार उडान । श्री एयरलाइन्सको एक र सौर्यको दुई उडान थिए । काठमाडौँ–पोखराको हवाई मार्ग अन्यत्रको तुलनामा सुरक्षित मानिन्छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सबै प्रक्रिया पूरा गरेर जहाज उडेको थियो । अवतरणका लागि जहाजले पोखरा विमानस्थलबाट अनुमति पाइसकेको थियो । तर, जहाज एक्कासी दुर्घटना पर्दा मुलुक नै शोकमा पर्‍यो । देशविदेशका सञ्चारमाध्यममा नेपालको हवाई दुर्घटनाको समाचार खरमा आगो लागे जसरी फैलियो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानतर्फ डबल इञ्जिन जहाज दुर्घटनामा हालसम्मकै सबैभन्दा धेरै यात्रुको ज्यान गएको यो पहिलो पटक हो । विमान दुर्घटनामा परी ६९ को शव फेला परेको छ । त्यसमध्ये २३ जनाको सनाखत भइसकेको छ ।

    सुरक्षित मानिएकै एटिआर जहाज दुर्घटनामा

    संसारभर नै एटिआर सिरिजका जहाजलाई नागरिक उड्डयनमा सुरक्षित र भरपर्दो मानिन्छ । नेपालको भौगोलिक अवस्थिति अनुकूल सुरक्षित उडानको सुनिश्चितताका लागि पछिल्लो प्रविधिको एटिआर जहाज भित्र्याएर सेवा सञ्चालन गरिएको छ ।

    वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार एटिआर जहाज हवाई उडानका दृष्टिले निकै सुरक्षित मानिन्छ । विमानमा कुनै पनि समस्या देखिए ‘इन्डिकेटर’मा सङ्केत आउँछ । सोही सङ्केतका आधारमा चालक दलले विमानको सुरक्षित अवतरणका लागि आवश्यक प्रक्रिया अपनाउँछन् ।

    वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं सीता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यले पनि तुलनात्मकरूपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटनामा पर्नु आफैँमा दुर्भाग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा साना जहाज बढी मात्रामा दुर्घटनामा परेका थिए । एटिआर नै दुर्घटनामा परेको भने यो पहिलो पटक हो ।”

    यती एयरलाइन्सका हवाई सुरक्षा शाखाप्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार प्राविधिक हिसाबले एटिआर विमान निकै सुरक्षित मानिने भए पनि कसरी दुर्घटनामा पर्‍यो छानबिनपछि मात्रै भन्न सकिन्छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले तुलनात्मकरूपमा एटिआर जहाज बढी सुरक्षित र भरपर्दो मानिने बताउनुभयो । उहाँले भन्नुभयो, “हुनै नहुने दुर्घटना हुन गयो, यो नेपाली उड्डयनकै लागि दुर्भाग्य हो । छानबिनपछि आधिकारिक निर्णय आउला अहिले म थप केही भन्न सक्दिनँ ।”

    नेपालको भूधरातलीय स्वरूप अनुरूप हवाई यातायात निकै सुलभ र भरपर्दो मानिन्छ । तर विमान दुर्घटनाको सिलसिला हेर्दा हवाई उडान सुरक्षामा विश्वासको सङ्कट पैदा भएको छ । पछिल्ला दुर्घटनाले हवाई सेवाप्रति नागरिकको विश्वास गिर्दो रहेको छ ।

    पटक–पटक हवाई दुर्घटना भएपछि त्यसको समाधानका लागि नेपालमा पनि एटिआर सिरिजका जहाज भित्र्याइए । तर आजको दुर्घटनाले त्यसमा पनि आशङ्का थपिदिएको छ ।

    क्यानका प्रवक्ता जगन्नाथ निरौला पनि एटिआर जहाज प्राविधिक हिसाबले राम्रो र सुरक्षित मानिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुर्घटनामा परेको जहाज प्राविधिक हिसाबले राम्रो हालतमा थियो । अनुभवी प्रशिक्षक पाइलटले चलाएको विमान कसरी दुर्घटनामा पर्‍यो क्यान पनि आश्चर्यमा परेको छ”, प्रवक्ता निरौलाले दुर्घटनाको कारण छानबिन समितिको निष्कर्ष नआएसम्म अहिले नै यसै हो भन्न नसकिने उल्लेख गर्नुभयो ।

    नेपालमा कहिले भित्रियो एटिआर

    नेपालमा पहिलो पटक नेकोन एयरले एटिआर जहाज भित्र्याएको थियो । कम्पनीले एटिआर–४२ जहाजमार्फत सेवा दिएको थियो । पछिल्लो पटक निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयर र यती एयरलाइन्सले एटिआर जहाजमार्फत उडान गर्दै आएका छन् ।

    नेपालमा एटिआर–७२ र एटिआर–४२ सिरिजका जहाज सञ्चालनमा छन् । सबैभन्दा धेरै बुद्धसँग एटिआर–७२ का ११ वटा र एटिआर–४२ का तीन गरी कूल १४ विमान छन् ।

    यस्तै, यती एयरलाइन्ससँग छवटा एटिआर–७२ मध्ये आज एउटा दुर्घटनामा परेको छ । मुलुकको आन्तरिक उडानमा ११ हेलिकोप्टर कम्पनी र नौ ‘फिक्स विङ्स’ गरी कूल २० हवाई सेवा प्रदायकले उडान गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ दुईतर्फी दैनिक कूल दुई सय ६० उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

    एटिआर जहाजको विशेषता

    यो जहाजको कूल वजन १२ हजार नौ सय ५० किलो हुन्छ । यो विमानले २२ हजार पाँच सय किलोग्राम बराबरको भारवहन गर्ने क्षमता राख्छ । एटिआर जहाज फ्रान्स र इटालीको संयुक्त उपक्रम रहेको अभिनस डी ट्रान्सपोर्ट रिजनलले उत्पादन गर्दै आएको छ । जहाज बनावटका हिसाबले पनि आकर्षक मानिन्छ । यो विमान छोटो दूरीको उडानका लागि प्रयोग गरिन्छ ।

    विमान निर्माता कम्पनी, क्यान र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुरूप जहाज सञ्चालन हुने भएकाले पनि दुर्घटनाको कारण खोज्न छानबिन समितिको प्रतिवेदन नै कुनुपर्ने देखिन्छ ।

    रासस

    आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer