• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
मङ्गलबार, बैशाख २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे सङ्क्रान्ति


  •   आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
  • धादिङ । माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ । त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् ।

    Advertisement

    विगतका वर्षहरू झैँ यो वर्ष पनि माघ १ गते धादिङ, नुवाकोट र रसुवाको ठाउँठाउँमा गोरु जुधाइ मेला मनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने उद्देश्यले धादिङ जिल्लाका मैदीकोट, धुवाकोट, सल्यानटार, खाल्टेलगायत ऐतिहासिकस्थलमा गोरु जुधाइएको छ ।

    सुरुका वर्षमा नेपाल पर्यटन बोर्डले चासोका साथ प्रचार थालेको गोरु जुधाइ मेलालाई अहिले स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनको एउटा पाटोको रूपमा लिएको छ । धादिङ ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्याल भन्नुहुन्छ, “पर्यटन प्रवद्र्धनसँगै संस्कृतिको विकासको रुपमा पनि गोरु जुधाइलाई लिएर गाउँपालिकाले कार्यक्रमको व्यवस्थापन गरिरहेको छ ।”

    माघे सङ्क्रान्ति भन्ने वित्तिकै देशका विभिन्न ठाउँमा घ्यू, चाकु, तरुल खाएर मनाइने प्रचलन रहेको छ तर धादिङ, नुवाकोट, रसुवा, गोरखालगायत पहाडी जिल्लामा भने गोरु जुधाइको रौनक छुट्टै छ । बलवान् गोरुहरूबीच रोचक घम्साघम्सी हेर्न सहर बजारमा रहेका पनि गाउँ फर्किने गरेका छन् । आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको नेपालको एक मात्र गोरु जुधाइ मेला विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको ‘बुलफाइट’ पनि बिर्साउने भिन्दै आकर्षण बनेको स्थानीयवासी बताउँछन् । “एक दशक अघितिर कतैकतै मात्रै गोरु जुधाइन्थ्यो, पछिल्लो वर्षमा यसको आकर्षण निकै बढेको छ”, हरेक वर्ष गोरु जुधाउनका लागि गोरु पाल्दै आउनुभएका मैदीका टेकबहादुर तामाङ भन्नुहुन्छ, “अहिले त जताततै गोरु जुधाउन थालियो, युवा पुस्ताको आकर्षण पनि निकै बढेको छ ।”

    जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्त्व पनि जोडिएको छ । माघे सङ्क्रान्तिको उत्सवअन्तर्गत एउटा परम्परा हो गोरु जुधाउने । ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाइ परम्परा सय वर्षभन्दा पुरानो मानिन्छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो पुरानो परम्परा जोगाउने र संरक्षण गर्ने क्रममा हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको मैदीकोट खड्गदेवी मन्दिर व्यवस्थापन समितिका सचिव नरेन्द्र शाहले बताउनुभयो ।

    रसुवाको बेत्रावती नेपाल र तीब्बतबीचको भोट युद्धको सन्धि भएको स्थलमा मानवबीच पशु झैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय जानकार बताउँछन् । अर्कोतिर बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्वदन्ती छ ।

    पहिलापहिला छिमेकीले रमाइलो स्वरूप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगिताका रूपमा गोरु जुधाइँदै आएको छ । बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका गोरु जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शक देखिन्छन् । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । कुन गोरु कुनसँग जुधाउने, उमेर र आकार हेरेर निर्क्योल गरिन्छ ।

    कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाएर मनोरञ्जन लिने धादिङ, नुवाकोट र रसुवा जिल्लाको यो सदियौँ पुरानो परम्परा हो । बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुका आउँदा भान्जालाई देखाउनको लागि सुरु गरिएको गोरु जुधाउने परम्परा पछिल्लो वर्षमा धादिङको थुप्रै स्थानमा सुरु भएको छ ।

    आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    • ६.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer