• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दुर्गम विगुमा जनसचेतनको स्वास्थ्य शिविर, ७ सय बढीले लिए सेवा


  •   बुधबार, फागुन १०, २०७९ मा प्रकाशित
  • दोलखा ।

    Advertisement

    जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दोलखाको उत्तरी विगु गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ७ सय भन्दा बढीले सेवा लिएका छन् ।

    विगु गाउँपालिकासँगको सहकार्यमा गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८ मा सम्पन्न स्वास्थ्य शिविरमा ७ सय ३३ जनाले पाठेघर तथा प्रजनन स्वास्थ्य तथा जनरल स्वास्थ्य जाँच सम्बन्धी सेवा लिएको उक्त सहकारीले जनाएको छ । शिविरका लागि आवश्यक प्राविधिक सहयोग भने समुन्द्र नेपाल नामक गैरसरकारी संस्थाले उपलब्ध गराएको हो ।

    २ दिनसम्म चलेको शिविरको पहिलो दिन सोमबार विगु ५ खार्तल स्थित सामुदायिक स्वास्थ्य केन्द्र र वडा नम्बर ८ को खोपाचागु स्वास्थ्य चौकीमा गरी झण्डै ४ सय र दोस्रो दिन मङ्गलबार विगु ६ स्थित आलम्पु स्वास्थ्य चौकी र ७ स्थित स्वास्थ्य चौकीमा करिव ३ सय ५० जनाले निशुल्क स्वास्थ्य जाँच तथा आवश्यक औषधीको सुविधा लिएको जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले जानकारी दिए ।

    शिविरमा काठमाण्डौ स्थित ग्राण्डी अस्पतालका जनरल फिजिसियन डाक्टर राजिव थपलिया र प्रिया शेर्पा, वीर अस्पतालका सर्जन डाक्टर विजयकुमार शाह, प्रसुती गृह थापाथलीका स्त्री रोग विशेषज्ञ बबिता शाह, ईशान अस्पतालका स्त्री तथा बाल रोग विशेषज्ञ डाक्टर पिङ्की शाह, विगु अस्पतालका डाक्टर प्रतिक कुमार ठाकुर लगायतले स्वास्थ्य जाँच तथा परामर्श सेवा दिएका थिए ।

    शिविरका क्रममा स्त्री रोगसँग सम्बन्धित केही गम्भीर प्रकृतिका बिरामीहरु समेत फेला परेकोले उनीहरुलाई गाउँपालिकाले आवश्यक समन्वय गरी थप उपचारको व्यवस्था गरिने विगु गाउँपालिकाका स्वास्थ्य संयोजक रत्नबहादुर थामीले जानकारी दिए । सोमबार गाउँपालिकाका उपाध्यक्ष देविका थामीको उपस्थितिमा खोपाचागुमा औपचारिक रुपमा सुरु भएको शिविर मङ्गलबार आलम्पुमा समापन गरिएको हो ।

    समापन समारोहलाई सम्बोधन गर्दै जनसचेतन साकोसका अध्यक्ष हेमन्त कुमार चौलागाईंले सहकारीले वित्तिय कारोबार मात्र नभई सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्ने शिलशिलामा शिविरको आयोजना गरिएको र शिविरबाट प्राप्त उपलब्धीले आफुहरुलाई आगामी दिनमा पनि यस्तै गतिविधी गर्न प्रेरित गरेको बताए ।

    चौलागाईंले यस्ता कार्यक्रमहरु संस्थाको कार्यक्षेत्र रहेका अन्य स्थानमा पनि आयोजना हुने र त्यसमा आम नागरिक, शेयर सदस्य र सम्बन्धित निकायको उत्तिकै सहयोग र सहकार्य प्राप्त हुने विश्वास पनि व्यक्त गरे । दोलखाको मैनापोखरीमा मूख्य कार्यालय रहेको जनसचेतन साकोसले विगु गाउँपालिकामा मात्रै ३ वटा सहित जिल्लाभर १६ र राजधानी काठमाण्डौमा १ गरी १७ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको छ ।

    झण्डै ४० हजार सदस्य आवद्ध उक्त संस्थाको गत माघ महिना सम्मको कारोबार २ अर्ब ३४ करोड भन्दा बढी रहेको छ ।

    बुधबार, फागुन १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    भर्खरै

    • १.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: असार २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer