• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आगलागी जोखिम सुरक्षाका लागि वीरेन्द्रनगरमा सुरु भयो तालिम


  •   सोमबार, चैत २०, २०७९ मा प्रकाशित
  •  वीरेन्द्रनगर
    वीरेन्द्रनगर नगरपालिकामा फायर ब्रिगेडका लागि ५ दिने फायर फाईटिङ्ग पुनर्ताजगी तालिम उद्घाटन गरिएको छ । नगरपालिकामा आईपर्ने आगलागी, विपदजन्य घटना न्यूनीकरण गर्न तालिम आयोजना गरिएको हो ।
    जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले तालिमको उद्घाटन गर्दै आगलागी व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्नु नगरपालिकाको उपलब्धीमूलक कार्य भएको बताउनुभयो । उहाँले आधुनिक किसिमका नयाँ घरहरु र त्यहाँ रहने जनधन सुरक्षाका लागि नगरपालिकाले २४ घण्टे सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
    कार्यक्रमको सभाध्यक्ष समेत रहेकी नगरप्रमुख मोहनमाया ढकालले नगरपालिकामा हुनसक्ने अग्नीजन्य घटना नियन्त्रणका लागि यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले आवश्यक ‌औजारसहित दक्ष जनशक्ति परिचालन गरेर वीरेन्द्रनगर र आसपासका नगरपालिकामा सेवा पुर्‍याउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
    युएसएआईइडी तयार नेपालको आर्थिक सहयोग र हिमालयन ईन्टिच्युट अफ फायर एण्ड इमर्जेन्सी (हाईफेस)को व्यवस्थापनमा नगरपालिकाले आयोजना गरेको तालिम ५ दिनसम्म संचालन हुनेछ ।
    तालिमका वरिष्ठ प्रशिक्षक सुनिता भारद्वाजले स्थानीय तहहरु आफ्नो सेवा क्षेत्रभित्र आवश्यक औजार र दक्ष जनशक्तियुक्त बन्नसके अग्नीजन्य घटनाबाट हुने क्षती निकै कम गराउन सक्षम रहने बताउनु भयो ।
    कार्यक्रममा नगरपालिका उपप्रमुख नीलकण्ठ खनाल, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कंडेल, तयार नेपालका फिल्ड अधिकृत राजेश सोनी र हाईफेसका अध्यक्ष सुशील राउतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
    तालिममा सुर्खेतका वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट साथै दैलेख जिल्लाको दुल्लु नगरपालिकाका २३ जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् । आधुनिक सीपयुक्त प्रविधि र औजारसहितको तालिममा सहभागी हुन पाउँदा आफूहरु निकै उत्साहित बनेको सहभागीहरुले बताएका छन् ।

    Advertisement

    सोमबार, चैत २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer