• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बैंकदर घटेपनि अल्पकालीन ब्याजदर घटेन


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर घटाउने निर्णय गरेपनि अल्पकालीन ब्याजदर (ट्रेजरी बिलको डिस्काउन्ट रेट) मा भने त्यसको प्रभाव देखिएन । गत शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत बैंकदर १ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको थियो ।

    Advertisement

    ८.५ प्रतिशत रहेको बैंकदरलाई ७.५ प्रतिशतमा झार्ने निर्णय गर्दै मुद्रास्फीति लक्षित सीमाभन्दा माथि रहेकोले नीतिगत दर यथावत राख्ने निर्णय गरेको थियो । दोहोरो अंकमा रहेको अल्पकालीन ब्याजदर राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ओभरनाइट तरलता सुविधा नीतिगत दरमा उपलब्ध गराउने व्यवस्थासँगै एकल अंकमा झरेको थियो । तर, स्थायी तरलता सुविधा (एसएलएफ) बैंकदरमा नै लिनुपर्ने हुँदा अल्पकालिन केही घटेको थियो ।

    गत शुक्रबार राष्ट्र बैंकले बैंकदर घटाउने निर्णय गरेसँगै ब्याजदर घटाउन निर्देशित गर्ने अपेक्षा गरिएको थियो । तर, ट्रेजरी बिलको डिस्काउन्ट रेट खासै नघट्दा त्यसले ब्याजदर अझै पनि अपेक्षाकृत रुपमा घट्ने संकेत दिन सकेन ।

    राष्ट्र बैंकले सोमबार २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको २४ खअर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल नवीकरण तथा नयाँ जारी गर्नको लागि बोलकबोलमा ल्याएको थियो । जसमा १८२ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट बढेको छ भने अन्य ३ टाइम सिरिजको ट्रेजरी बिलको डिस्काउन्ट रेट भने समान्य मात्रै घटेको छ । २६ वैशाखमा भएको बोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट ८.१८२७ प्रतिशत कायम भएकोमा सोमबार भएको बोलकबोलमा सामान्य घटेर ८.०८९२ प्रतिशत कायम भएको छ ।

    यस्तै ९१ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट २६ वैशाखमा ९.७१०१ प्रतिशतबाट घटेर सोमबार ९.६५६० प्रतिशत कायम भएको छ । यस्तै १८२ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट भने २६ वैशाखको भन्दा बढेको छ । २६ वैशाखमा ९.४४६० प्रतिशत रहेको १८२ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट १ जेठ सोमबार बढेर ९.५०७४ प्रतिशत पुगेको छ ।

    यस्तै ३६४ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट ८.९८५२ प्रतिशत कायम भएको छ । २६ वैशाखमा ९.२२७८ प्रतिशत रहेकोमा सोमबार समान्य घटेको हो ।

    राष्ट्र बैंकको ३० वैशाखको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ८५.०४ प्रतिशत छ । बैंकहरुमा सामान्य प्रकृतिको तरलता कमी भएर राष्ट्र बैंकसँग सापट लिनुपर्ने अवस्था छैन । ३१ वैशाखको तथ्यांक अनुसार १ करोड ७० लाख रुपैयाँ मात्रै एसएलएफ सुविधा बैंकहरुले लिएका छन् । सरकारले निरन्तर आन्तरिक ऋण उठाउँदा पनि राष्ट्र बैंकसँग सापट लिनुपर्ने अवस्थामा नरहेका बैंकहरुले अल्पकालीन ब्याजदर घटाउन भने चासो दिएको दैखिंदैन ।

    राष्ट्र बैंकले मौद्रिक नीति समीक्षबाट ऋणपत्रलाई पनि २०८० पुस मसान्तसम्म निक्षेपमा गणना गर्नसक्ने व्यवस्था गरेको छ । साउनदेखि ऋणपत्र निक्षेपमा गणना गर्न नपाउँदा सीडी रेसियोमा दबाब पर्नसक्ने अवस्थामा राष्ट्र बैंकले त्यसमा पनि छुट दिएको छ । (साभार: अनलाईन खबर)

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer