• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाका श्रीमान्  ल्हाक्पा सोनाम शेर्पाद्वारा सगरमाथाको सफल आरोहण


  •   बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
  • सोलुखुम्बु । सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला, राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाका श्रीमान् , यती समूहका अध्यक्ष  ल्हाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पा थामशेर्कु ट्रेकिङका अध्यक्ष रहेका छन् । उनले बुधबार बिहान ७ बजे ३४ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेको समूका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । सगरमाथा आरोहणका लागी शेर्पा अप्रिल १७ मा काठमाडौंबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए । थामशेर्कुका अनुसार शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै सात वटै महादेशका सबैभन्दा अग्ला चुचुरो चुम्ने रेकर्ड समेत राखेका छन् । ल्हाक्पाले करिब ३ दशकअघि श्रीमती पासाङ ल्हामुसँगै सगरमाथा आरोहण गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् । त्यतिबेला उनी क्याम्प–२ बाटै फर्केका थिए । प्रथम नेपाली महिला आरोहीको कीर्तिमान बनाएकी पासाङ ल्हामु शेर्पाले २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोहण गरी फर्कने क्रममा बाटैमा उनको दुखद निधन भएको थियो । यसैबीच बुधबार नै कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औं पटक सगरमाथाको चुचुरो पुगेका छन् । उनी विश्वमै सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने आरोही हुन् ।

    Advertisement

    यती एयरलाइन्स सहित पर्यटनसँग सम्बन्धित विविध व्यवसायमा उनी अध्यक्ष रहेको समूहले लगानी गरिरहेको छ । विश्वका सातवटा महाद्विपका सातवटा चुचुराको आरोहणलाई सेभेन समिटका नामले चिनिन्छ । यसअघि शेर्पाले छ वटा महादेशका चुचुराहरुको सफलता पूर्वक आरोहण गरेका थिए । उनले जनवरी ११, २०१६ मा अफ्रिकाको माउन्ट किलिमन्जारो (५,८९५ मि), अगष्ट २५, २०१६ मा युरोपको माउन्ट एल्ब्रस (५,६४२ मि), नोभेम्बर १५, २०१६ मा ओसिनियाको माउन्ट पुनकक/माउन्ट कार्सटेन्ज (४,८८४ मि), जुलाई ०७, २०१७ मा उत्तर अमेरिकाको डेनाली (६,१९५ मि), डिसेम्बर १४, २०१७ मा अन्टार्कटिकाको माउन्ट भिन्सन (४,८९७ मि) र जनवरी २४, २०२२ मा दक्षिण अमेरिकाको एकोनवागुआ (६,९६१ मि) हिमालको आरोहण गरेका थिए । ६४ वर्षीय शेर्पा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् ।  ल्हाक्पा सोनाम शेर्पासँगै जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनीले पनि सफलता पूर्वक आरोहण सम्पन्न गरेका छन् । झण्डै ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले ८००० भन्दा बढी आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराइसकेका छन् ।

    बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer