म्याग्दी, जेठ ४ गते । हिमालपारिको जिल्ला मुस्ताङ देखि चल्ने लामो दूरीको यातायातका साधनमा बिहीबारदेखि लागू हुने गरिएको नयाँ भाडादर कायम गरिएको छ ।
Advertisement
जिल्ला प्रशासन कार्यालय मुस्ताङमा प्रमुख जिल्ला अधिकारी अनुप केसीको अध्यक्षतामा यातायात व्यवसायीहरू, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाको बैठकले सदरमुकाम जोमसोम देखि पोखराको भाडा साबिकको भाडामा २० प्रतिशत घटाउने सहमति भएको हो । त्यस्तै जोमसोमदेखि काठमाडौंको भाडामा १३ दशमलव ०४ प्रतिशत भाडा घटाइएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो । नयाँ कायम भएको भाडा दर अनुसार जोमसोम–पोखरा एक हजार २ सय र जोमसोम–काठमाडौं यात्राका लागि २ हजार कायम भएको छ ।





