☰
शनिबार, कार्तिक ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

संसारकै सबैभन्दा सस्तो घर खरीद: जम्मा ३ सय ३० मा ३ वटा घर


  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
  • काठमाडौं ।यो घटना इटालीको सिसिलीमा भएको हो। महँगीको यो समयमा एक महिलाले साढे ४ सय रुपैयाँ भन्दा पनि कम मूल्यमा ३ वटा घर खरीद गरेर सबैलाई तिनछक बनाइदिएकी छिन् । अमेरिकाको क्यालिफोर्नियाकी बासिन्दा ४९ वर्षीया रुबिया डेनियलले सिसिलीमा सायद संसारकै सबैभन्दा सस्तो घर खरीद सम्झौता गरेर कीर्तिमान कायम गरेकी छिन् । रुसिबयाले जम्मा ३ डलर ३० सेन्टमा पूरै ३ वटा घर खरीद गरेकी छिन् । यस्तो अपत्यारिलो तरिकाले किनेका तीनवटै घरका सम्बन्धमा उनले ठूलो योजना बुनेकी छिन् ।

    Advertisement

    उनले आफूले खरीद गरेका ३ घरमध्ये एउटामा आफैं बस्ने र अरु २ वटालाई हितकारी काममा प्रयोग गर्ने योजना बनाएकी छिन् । त्यसमध्ये एउटा घरलाई उनले आर्ट ग्यालरीमा परिणत गर्नेछिन् भने अर्को घरलाई चाहिँ स्थानीय मानिसहरुका लागि एक आरोग्य केन्द्रका रुपमा स्थापित गर्नेछिन् । त्यसमध्ये आरोग्य केन्द्र निर्माण उनको सबैभन्दा ठूलो परियोजना हो । घर खरीद गरेसँगै उनले यसको काम सुरु गरिसकेकी छिन् । दुईवटा घरको बाहिरी हिस्सामा उनले पूर्णरुपमा काम गरिसकेकी छिन् । तथापि आरोग्य केन्द्र बनाउने घरको काम भने सुरु हुन बाँकी छ ।

    सिसिलीको एउटा सानो सहर मुसोमेलीमा खरीद गरेका घरमा बसोबास गर्नका लागि उनी आइसकेकी छिन् । मुसोमेली सहरको जनसंख्या केवल १० हजार मात्रै छ । स्मरण रहोस् इटालीका विभिन्न सहरमा नगन्य मूल्यमा घरहरु बिक्रीमा राखिएका छन् । कोरोना महामारी भन्दा अगाडिदेखि नै इटाली घट्दो जनसंख्याको गम्भीर समस्यासँग जुधिरहेको थियो र खाली भैरहेका सहरहरुमा सित्तैजस्तो मूल्यमा घरहरु बिक्रीमा राखिएका छन् । सन् २०१९ मा सिसिली सहरलाई पुुनर्जीवित गर्न भन्दै १ डलरमा एउटा घर खरीद गर्न सकिने योजना नै अघि सारिएको थियो । हुनत रुबियाले ३ वटा घर ३ डलर ३० सेन्टमा किनेकी छिन् । तर वास्तवमा यी टुटेफुटेका घरको मर्मत चाहिँ निकै महंगो पर्नेछ । यी घरको मर्मतका लागि २४ हजारदेखि ९० हजार डलरसम्म खर्च लाग्नसक्ने बताइएको छ ।

    शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer