• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अस्ट्रेलियाले नेपाललाई ३६ दशमलब ३ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने


  •   आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
  • अस्ट्रेलिया । यो आर्थिक वर्षमा अस्ट्रेलियाले नेपाललाई ३६ दशमलब ३ मिलियन अस्ट्रेलियन डलर बराबरको आर्थिक सहयोग दिने भएको छ । अस्ट्रेलियाका ट्रेजरर जिम चाल्मर्सले केही दिनअघि सार्वजनिक गरेको आर्थिक बर्ष २०२३/२४ को बजेटमा उक्त घोषणा गरिएको हो ।

    Advertisement

    अस्ट्रेलियाले दिने यो सहयोग रकम गत आर्थिक वर्षको भन्दा ६ लाख डलर बढी हो । अस्ट्रेलियाले हरेक वर्ष वैदेशिक सहायता शीर्षकअन्तर्गत विकासोन्मुख देशलाई आर्थिक सहयोग दिने गरेको छ । सार्वजनिक बजेटअनुसार करिब ५ बिलियन डलर आधिकारिक विकास सहयोग कार्यक्रम (ओडीए) मार्फत आर्थिक सहयोग दिने उल्लेख गरिएको छ । नेपाललाई गत आर्थिक वर्षमा अस्ट्रेलियाले ३५ दशमलब ६ मिलियन डलर सहयोग गरेकोमा यो रकमलाई यस वर्ष ६ लाख डलरले बढाएको हो । अस्ट्रेलियाले द्विदेशीय सहयोग विकास कार्यक्रमअन्तर्गत ९ दशमलब १ मिलियन अस्ट्रेलियन डलर दिनेछ भने विकास सहयोग कार्यक्रमअन्तर्गत २७ दशमलब २ मिलियन डलर सहयोग गर्ने भएको हो ।

    बजेटमा उल्लेख तथ्यांकअनुसार यसपटकको बजेटमा अस्ट्रेलियाले दक्षिण एसियाली मुलुकहरूलाई दिने सहायता रकम अधिकांश देशको कटौती गरेको भए पनि नेपाल तथा माल्दिभ्सको सहायता रकमलाई भने बढाइएको छ । अस्ट्रेलियाले नेपाललाई स्वास्थ्य सुरक्षा, स्थायित्व तथा आर्थिक सुधार गरी तीन क्षेत्रको प्राथमिकताका आधारमा सहयोग रकम खर्च गरिने बताएको छ, जसमा नेपालको स्वास्थ्य क्षेत्रलाई अझ मजबुत बनाउन र आपत्कालीन अवस्थाका लागि तयार रहनका लागि सहयोग गर्न सहकार्य गरिने जनाइएको छ । यसका साथै स्वास्थ्य शिक्षाको प्रवर्द्धनमा समेत हातेमालो गरिने उल्लेख छ । यसका साथै नेपालको विकासका लागि स्वयंसेवकहरूमार्फत विभिन्न क्षेत्रमा आवश्यकताअनुसार प्राविधिक सल्लाह दिने, खाद्य सुरक्षा तथा कृषि अनुसन्धानमा सहयोग पुर्‍याइनेछ । यसैगरी दीर्घकालीन आिर्थक विकासलाई सहयोग गर्ने सरकारी प्रणालीलाई दुरुस्त र प्रभावकारी बनाउन सहयोग गरिरहेको समेत जनाएको छ ।

    यस वर्ष दक्षिण एसियाली क्षेत्रका मुलकहरूलाई वैदेशिक सहायताअन्तर्गत झन्डै डेढ बिलियन डलर दिने घोषणा गरिएको छ । सबैभन्दा धेरै बंगलादेशलाई १ सय ४६ मिलियन डलर दिने भएको छ भने सबैभन्दा कम माल्दिभ्सलाई ३ दशमलब ८ मिलियन डलर दिने उल्लेख गरिएको छ । अस्ट्रेलियाले विकास सहयोग कार्यक्रमअन्तर्गत दिने रकम अन्तर्राष्ट्रिय दातृ निकायहरूमार्फत खर्च गर्ने बताइएको छ भने द्विदेशीय सहयोग विकास कार्यक्रममार्फत प्रदान गरिने रकम देशको विभिन्न क्षेत्रको बिकासका लागि उपलब्ध गराइनेछ ।

    आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer