• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मन्दिमा पनि पर्यटकको ओइरो, भाग्यमानी नेपाली व्यबसायी


  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको सोल्टी होटलमा विदेशी पाहुनाको ओइरो लागेको छ । पछिल्लो एक महिनाको अवधिमा होटलको अकुपेन्सी ६५ प्रतिशत भन्दा पनि माथि छ ।

    Advertisement

    होटलका उपाध्यक्ष सुदर्शन चापागाईँका अनुसार अगस्टसम्म होटलको अकुपेन्सी ६५ प्रतिशत भन्दा बढी छ । ‘होटलको अकुपेन्सीले हामीलाई उत्साहित बनाएको छ । कोभिडपछिको अवस्थामा हामी रिकभर हुने अवस्थामा पुग्न लागेका छौं,’ उनले बिजमाण्डूसँग भने ।

    होटल सोल्टी मात्रै होइन ठमेलमा रहेको अलफ्ट होटलको अकुपेन्सी झन् उत्साहजनक छ । होटलको अकुपेन्सी ८० प्रतिशत छ । ‘यो वर्षका लागि ८० प्रतिशत अकुपेन्सी कायम छ’ होटलका महाप्रवन्धक विक्रम सिंहले भने, ‘विदेशी पर्यटकले होटलको व्यापार गुल्जार छ ।’ देशकै पुरानो पाँच तारे सोल्टी होटल र तीन वर्षअघि संचालनमा आएको नयाँ होटल अलफ्टको पर्यटकको अकुपेन्सीले मुलुकको पर्यटन क्षेत्र बाउन्सब्याक गरेको स्पस्ट हुन्छ ।

    देशमा पर्यटक ओइरिएका छन् भन्नका लागि केही तथ्यांक काफी छन् । सर्वोच्च शिखर सगरमाथामा आरोहीको लस्कर छ । गत बुधबार एकै दिन १ सय ७५ जना आरोहीले सर्वोच्च शिखर चुमेका थिए । विगतको तथ्यांक हेर्ने हो भने सन् २०१९को मे २३मा ३ सय ५४ जनाले सगरमाथा आरोहण गरेका थिए । सगरमाथा आरोहण बढ्दा हेलिकोप्टर कम्पनीलाई भ्याईनभ्याई छ ।

    मुलुकमा संचालित ९ वटा हवाई कम्पनीका ३० वटा हेलिकोप्टर विदेशी पर्यटक बोक्न अकुपाइ छन् । वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेलले सबै कम्पनीका हेलिकोप्टर फुलफेजमा चलिरहेको जानकारी दिए ।

    ‘पहिलाको तुलनामा हेलिकोप्टरको व्यापार उत्साहजनक छ । यतिखेर हिमाल आरोहणको सिजन भएका कारण अधिकांश हेलिकोप्टर कम्पनीका फूलफ्लेजमा उडान गरिरहेका छन्,’ उनले बिजमाण्डूसँग भने,’ ट्रंक र स्‍टल रुटमा उडान उल्लेख्य रहनु भनेको विदेशी पर्यटक राम्रो हुनु हो ।’

    विदेशी पर्यटक बढेका कारण अन्तर्राष्ट्रिय उडान दैनिक ८६ वटा हुँदै आएको छ । चिनियाँ एयरलाइन्स कम्पनी फुलफेजमा संचालनमा आउनेवित्तिकै कोभिड अगाडिकै अवस्थामा अन्तर्राष्ट्रिय उडान हुनेछ । चीनका चाइना साउर्दन, एयर चाइना र चाइना इर्स्टनले नेपालमा उडान गर्दै आएका छन् । तर पहिलाकोजस्तो प्यासेन्जर नहुँदा उडान संख्या कम छ ।

    अन्तर्राष्ट्रिय कम्पनीको अकुपेन्सी बढी भएकाले केहीले उडान पनि थपेका छन् । उडान बढी भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणमा आकासमा होल्ड हुने समस्या पनि उस्तै छ । विमानस्थलका एक कर्मचारीका अनुसार ट्राफिक बढी भएकाले आकाशमा होल्डको समय बढेको हो ।

    ती कर्मचारीका अनुसार आन्तरिक उडान अहिले दैनिक १ सय ७५ वटा हुन थालेको छ। यो कोभिड अगाडिकै अवस्था हो ।

    पोखरामा मात्रै दैनिक ३ हजार बढी यात्रुको आउजाउ हुन थालेको छ । पोखरामा मात्रै ३० वटा उडान हुँदै आएको छ । पोखराको पुरानो विमानस्थलबाट समिट र तारा एयरले दैनिक १० वटा उडान गर्दै आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार फेब्रुअरीदेखि मार्चसम्म महिनावारी एक लाखको दरले पर्यटक आएका छन् ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी पर्यटक आगमन उत्साहजनक रहेको बताउँदै यही अवस्था रहेमा यो वर्ष ११ लाख पर्यटक भित्रिने अनुमान गर्छन् । ‘हामी कोभिड अघिको अवस्थामा आइसकेका छौं,’ उनले भने, ‘दक्षिण एसियाको अवस्था हेर्ने हो भने नेपालको पर्यटन क्षेत्र धेरै अगाडि बढिसकेको छ ।’

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer