• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

सन्दीप सोमबार साँझ दक्षिण अफ्रिका जादै


  •   आइतबार, जेठ २१, २०८० मा प्रकाशित
  • काठमाडाैँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सोमबार साँझ प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका प्रस्थान गर्ने पक्का भएको छ । जिल्ला अदालतले बलत्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीपलाई ‘अपबाद’का रुपमा लामो समय तारिख स्थगित गरेपछि उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो ।

    Advertisement

    सन्दीपका कानुन ब्यबसायिले महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै सोही अनुसारको निवेदन दिएपछि लामो समय सम्मका लागि तारिख स्थगित गर्ने निर्णय भएको हो ।अब सन्दीप प्रतियोगिताभर तारिख बुझ्नका लागि नेपाल फर्किनु पर्ने दबाबबाट मुक्त भएका छन् ।

    सर्वोच्च अदालतले सन्दीपलाई विदेश जानका लागि अनुमति दिए पनि गम्भीर फौजदारी मुद्दामा लामो समय तारिख स्थगन गर्न पाइँदैन । तारिख स्वयं ब्यक्तिले बुझ्नुपर्ने भएकाले सन्दीपको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा अनिश्चित बनेको थियो । खेल्नका लागि विदेश जाने अनुमति पाए पनि फौजदारी मुद्दामा लामो समय तारिख स्थगित गर्ने चलन छैन । तर, सन्दीपलाई भने ‘अपबाद’ का रुपमा सहभागिता जनाउन पाउन लागेका हुन् । सन्दीपका वकिलले राष्ट्रको प्रतिनिधित्वको विषय भएको र सोहीअनुसारको समय उपलब्ध गराउनका लागि निवेदनमा माग गरेका थिए ।

    सन्दीपको मुद्दामा सर्वोच्चो अदालते ‘सार्वजनिक’ ब्यक्तिको रुपमा व्यबाहार गरेको सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जानकारी दिए ।

    उनले भने, ‘फौजदारी अभियोगमा यति लामो समय तारिख दिंदैन । यो त अझ साप्ताहिक रुपमा हेरिरहेको मुद्दा हुनाले हप्तैपिछे राखिराखेको हो । हेयरिङ ढिला भएकाले हामीले निवेदन गर्नुपर्ने आवश्यकता भएको हो,’ उनले थपे, ‘अपबाद’का रुपमा सन्दीपले राष्ट्रको लागिनै प्रतिनिधित्व गर्नु पर्ने र सार्वजानिक ब्यक्तित्व र खेल्नका लागि सर्वोच्चले दिएको अनुमति सबै कारणले गर्दा पेसी लामो समय स्थगित गर्न निवेदन दिएका थियौं । सोहि अनुसार अनुमति प्राप्त भएसँगै सन्दीपको विश्वकप छनोट खेल सहज भएको हो ।’

    असार २९ गते अर्को तारिख

    अदालतले सन्दीपको मुद्दामा अब असार २९ गतेको तारिख तोकेको छ । सन्दीप विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतलाई आफू नेपाल फर्किएको जानकारी गराउनेछन् । त्यसपछि २९ असारमा तारिख बुझेपछि त्यसकाे अर्को साता पेसी तोकेर सुनुवाई सुरु गरिनेछ । यो बिचमा पिडित पक्षले मागेको क्षतिपूर्तिको सनुवाईले किनारा पाउने विश्वास घिमीरेले ब्यक्त गरे । उनले भने, ‘सर्वोच्चको आदेश अनुसार उनीहरुले उपचारखर्चको माग गरेका छन् । जसका लागि अदालतले आवश्यक बिल भर्पाइमाग गरेको छ । अब सोहीअनुसार मुद्दाले किनारा पाएपछि फाइनल चरणको सुनुवाई सुरु हुन्छ ।’

    जिल्ला अदालतले क्षतिपुर्तिको विषय टुंगिएर मात्र अन्तिम चरणको सुनुवाइ सुरु हुने भनेकाले अब सोही अनुसार यो बीचमा क्षतिपूर्तिको विषयले किनारा पाउनु पर्ने हुन्छ । घिमिरेले भने, ‘अब डाक्टरको प्रतिबेदन जति चाँडो अदालतमा आउँछ त्यतिचाँडो यो विषय टुंगिन्छ । अस्तिको सुनुवाइमा पनि अदालतले क्षतिपुर्तिको विषय टुंग्याएपछि फाइनलचरणको बहस सुरु हुने भएकाले अब हामीपनि स्ट्रोङ्ली यो विषयलाई यो बिचमा टुंग्याउनका लागि लाग्ने छौं ।’

    मोन्टी र सन्दीप सोमबार साँझ दक्षिण अफ्रिका जाँदै

    अब सन्दीप प्रशिक्षक मोन्टी देशाईसँगै दक्षिण अफ्रिका प्रस्थान गर्ने छन् । देशाई भिसा समस्याका कारण गत मंगलबार टिमसँगै दक्षिण अफ्रिका जान पाएका थिएनन् । तर उनको सबै प्रकृया पुरा भएकाले अब सन्दीप र मोन्टीसँगै दक्षिण अफ्रिका जान लागेका हुन् । क्यान स्रोतका अनुसार सन्दीप र मोन्टी सोमबार राति २ बजेको फ्लाइटमार्फत दक्षिण अफ्रिका जाँदै छन् । उनीहरु कतार एयरवेजको विमानमार्फत दक्षिण अफ्रिका प्रस्थान गर्न लागेका हुन् । नेपालले दक्षिण अफ्रिकामा केही अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ । नेपाली टिम त्यतैबाट जिम्बाब्वे प्रस्थान गर्नेछ ।

    आइतबार, जेठ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer