• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • २. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जिउँदै स्वर्ग-नर्क अनुभव गराउने प्रकृति पूजा तोस


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • स्वर्ग र नर्क बारे विभिन्न जनविश्वास छ । स्वर्ग भन्नेबित्तिकै धर्म गर्ने मान्छे मृत्युपछि देवलोकमा पुगेर आनन्दले देवताको समीपमा बसिरहेको र नर्क भन्नेबित्तिकै डरलाग्दो यमराजले कराहीको तेलमा हालेर भकभकी उमालिरहेको हामी कल्पना गछौर्ं ।

    Advertisement

    स्वर्ग सुरम्य, सुगन्ध र अमरावती हुन्छ भने नर्क रुखो, उजाड, उराठ लाग्दो र भयानक भन्ने हामीमा विश्वास छ । त्यसैले स्वर्गलाई पुण्यात्मा र सत्कर्मीहरू मृत्युपछि सुख भोग गर्न जाने देवलोक भन्ने गरिन्छ भने पापी वा दुराचारीहरूलाई मरेपछि सजाय दिइनेलाई नरक भन्ने गरिन्छ ।

    यो सदियौंदेखि भनिंदै र सुनिंदै आएको कुरा मात्र हो । कोही त्यहाँ पुगेर आˆनो अनुभव बाँडेका छैनन् । तर आज जीवन भोगाइकै क्रममा एक किरात सभ्यताभित्र पर्ने कुलुङ जातिले अँगालेको संस्कारको चर्चा गर्दैछु । कुलुङ जातिमा गरिने एक प्रकृति पूजालाई तोस भनिन्छ । त्यही तोसले स्वर्ग र नर्कको बारेमा केही अनुभूति गराउँछ ।

    तोस कुलुङले गर्ने एक भूमि पूजा हो । यो वर्षमा तीन पटक गर्ने गरिन्छ । जेठ, असोज र फागुनमा गरी गरिने तीन वटै तोसको नाम फरक-फरक छन् । जेठमा गरिने तोसलाई यनाम तोस, असोजमा गरिनेलाई थो तोस र फागुनमा गरिने तोसलाई जी तोस भन्ने गरिन्छ । जी तोसलाई याउ तोस भनेर पनि चिनिन्छ । यी तोसमध्ये यनाम तोस अनिकाल नलागेर सहकाल लागोस्Ù अन्नपात तथा बालीनाली सपि्रयोस् भनेर भूमि पुज्ने गरिन्छ ।

    यता जेठ र असोजमा गरिने तोसले भने संस्कार बन्द गर्ने र खुलाउने काम गर्छ । जेठको अन्तिम हप्ता गरिने तोसले संस्कार बन्द गर्छ भने असोजमा गरिने तोसले संस्कार खुलाउने काम । त्यसैले कुलुङ जातिभित्र असार, साउन र भदौ बन्देजको समयको रूपमा चिनिन्छ ।

    यनाम तोस र नर्क

    ‘यनाम कूःपी सियाव’ अर्थात् ‘बर्खा याममा मरोस्’ भन्ने हो । कसैले हिंसा वा अपराध गरेमा जेठ र असोजको तोस बीचमा मरोस् भनेर सराप्ने गरिन्छ ।

    जेठको अन्तिम हप्ता गरिने तोस नै यनाम तोस हो । कुलुङ जातिभित्र मृत्यु संस्कार दुई प्रकारको हुन्छ । अकालमा मर्ने र कालगतिले मर्नेलाई गरिने अन्त्येष्टि फरक-फरक हुन्छ । तर कालगतिले मृत्यु हुँदा पनि दुई खालले संस्कार्ने गरिन्छ । यो भनेको तोसले प्रभाव राख्छ । अथवा जेठको तोसपछि मरेकाहरू धर्मात्मा होइन भन्ने मानसिकता हुन्छ । त्यही भएर नै ‘यनाम कूःपी सियाव’ भनेर सराप्ने गरिएको हो । जेठको तोसपछि हुने मृतकको दाहसंस्कार हुँदा सामान्य तरिकाले गाड्ने गरिन्छ । अन्तिम संस्कारको रूपमा गरिने सिलुम गरिंदैन । चौतारोसम्म गर्ने चलन छ ।

    त्यस्तै यो अवधिमा विवाह गरिंदैन । कुनै विवाह गर्नैपर्ने परिस्थिति आइलागेमा सामान्य साइनो फेरेर बेहुली भित्र्याउने गरिन्छ । जब असोजको तोस हुन्छ तब साइत हेरेर धुमधामका साथ विवाह गर्ने गरिन्छ । त्यति मात्र नभई बर्खाको समयमा कुलुङ जातिले खान समेत बार्नुपर्छ । किनिमा, भटमास, पिंडालु र कर्कलो खान पाइँदैन । ढ्यांग्रो, बाँसुरी, हर्गेल र शंख बजाउनुहुँदैन । कचुर खन्नुहुँदैन । केसम्म हुन्छ भने अकालमा कसैको मृत्यु भएमा अनिवार्य चिन्ता राख्नुपर्छ । उक्त चिन्तामा कचुर अनिवार्य हो । तर बर्खामा त्यसरी बसाइने बाध्यात्मक चिन्तामा कचुरको सट्टा अदुवा प्रयोग गर्ने गरिन्छ ।

    त्यति मात्र होइन ! अरू कुरा पनि बन्देज छ । जस्तै बर्खामा मार्चा, घरपालुवा जनावर, घर लिप्ने माटो र कचुर बोक्न प्रतिबन्ध लाग्छ । यसरी हेर्दा जेठको तोसपछि कुलुङ जातिमा स्वतन्त्रता छैन । यो आˆनै संस्कारले बनाएको बन्देज हो । यो अझै पनि कायम छ ।

    बर्खाभरको बन्देजको अन्त्य असोज पहिलो हप्ता हुने तोसले खुला गर्नेछ । जब असोज लाग्छ तब गाउँ-टोलमा एक किसिमको उल्लास छाउँछ । भदौ अन्तिम हप्तातिरैबाट अब तोस हुनेभो भने चर्चा सुरु हुन्छ । असोजको पहिलो हप्ता नै तोस गर्ने गरिन्छ । किनकि नर्कको समयलाई सकेसम्म छोट्याउन भन्दै छिटै तोस गरिन्छ । उक्त तोसलाई नै थो तोस भन्ने गरिन्छ ।

    चिहान
    थो तोसपछिको मर्नेहरूलाई ‘धर्मार्थी’ अर्थात् धार्मिक संस्कारी भन्ने गरिन्छ । त्यसपछिको अन्त्येष्टिमा चिहानमा हरेक बिहान-बेलुका मासु र भात पुर्‍याउने गरिन्छ । चिहानमा चार पुस्ताका चेलीहरूको नाममा ८ वटा ‘साङ’ अर्थात् ध्वजा झुन्ड्याउने गरिन्छ । लाश गाडेको कम्तीमा १५ दिनसम्म दैनिक बिहान-बेलुका खाना चिहानमा पुर्‍याउनुपर्छ । १५ दिनपछि सिलुम गरिन्छ । सिलुममा सबै मलामी चोख्याउने र साङ काट्ने गरिन्छ भने साङको नामकरण गरिएका सबै चेलीहरूको शिर उठाउने गरिन्छ ।

    त्यस्तै शंख, हर्गेल र बाँसुरी बजाउने, कचुर काट्ने र बोक्ने बाटो खुल्छ । माटो र घरपालुवा जनावर बोक्न पाइन्छ । बन्देज गरिएका सबै खाना खान पाइन्छ । त्यसैले जब असोजको थो तोस हुन्छ तब कुलुङ जातिभित्र स्वतन्त्रता मिल्छ । गरिंदै आएका सबै संस्कार गर्न पाइन्छ । सबै खानेकुरा खान पाइन्छ । बर्खाभर बन्द भएका सबै खुला हुन्छ ।

    त्यसैले तोस कुलुङ जातिको भूमि पूजा मात्र होइन । कुलुङ जातिलाई संस्कारभित्र बाँध्ने र खुला गर्ने काम पनि तोसले गर्दछ । वर्षमा तीन पटक गरिने तोसको आ-आˆनै महत्व त छँदैछ । फागुनमा गरिने तोसबाट कोही भोकै नमरोस् भन्ने कामना, प्रार्थना र विश्वास गरिन्छ ।

    यता जेठमा गरिने तोसले सबैजसो संस्कार बन्द गर्ने भएकाले नर्कको बाटो देखाउने वा अनुभव गर्ने तोस भन्ने गरिन्छ । त्यसैले त कुलुङ जातिभित्र बर्खाको समयमा कोही मर्नु नपरोस् भनेर कामना गर्ने गरिएको हो ।

    साँच्चिकै मृत्युपछि अर्को लोक छ कि छैन ? छ भने स्वर्ग र नर्क भनेर वर्गीकृत छ कि छैन ? कसैलाई थाहा छैन । कसैले अनुभव गर्न पाएको छैन । स्वर्ग र नर्क भन्ने कुरा हामीले खोजी गर्ने कुरा होइन, यो खोजी गर्दैमा भेटिने कुरा पनि होइन । आधुनिक समयमा अहम्, क्रोध र हिंसालाई त्यागेर सत्कर्म र सत्मार्गतर्फ लाग्यौं भने स्वर्ग यहीं छ । तर आफ्नो मानवीय कर्तव्य भुलेर गलत मार्गतर्फ अग्रसर भइयो भने नर्क पनि यहीं छ भन्ने गरिन्छ ।

    तर नेपालमै कुलुङ जातिभित्र हामीले कल्पना गरे जस्तै सुगन्धमय र पीडादायी नहोला । तैपनि केही अनुभव भने अवश्य गराउँछ । त्यसैले अनुसन्धान गर्न चाहनेका लागि महत्वपूर्ण सामग्री हुनसक्छ ।

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    • ४.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer