☰
शुक्रबार, कार्तिक ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मिटरब्याज प्रकरण: ज्ञानेन्द्रको घर पस्दा ललितपुर प्रहरी नै चकित !


  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
  • ललितपुर । ललितपुरमा एक जना मिटरब्याजी पक्राउ परेका छन् । ललितपुर महानगरपालिका- १४ नखिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

    Advertisement

    उनका अनुसार ज्ञानेन्द्रले २०७५ पुस २४ गते ललितपुर(११ बस्ने ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख रुपैयाँ दिएका थिए । सापटी रकम फिर्ता लिँदा भने उनले एक करोड २६ लाख रुपैयाँ सावा भन्दा बढी लिएर ‘अनुचित लेनदेन गर्न नहुने कसुर’ गरेको प्रहरीले जनाएको छ ।

    उनको घरमा ७ करोड २९ हजार ७७ हजार बराबरको विभिन्न व्यक्तिहरूको नामको तमसुक २३ वटा, एक करोड ३४ लाख रुपैयाँ बराबरको ३२ वटा चेक, ६ वटा चेकबुक र लालपुर्जा समेत बरामद भएको थियो ।

    त्यसरी अनुचित लाभ लिएको भन्ने उजुरी परेपछि परिसरले उनलाई ललितपुर-१४ जुपिटरटोलस्थित घरबाट पक्राउ गरेको थियो । उनको घरमा प्रहरीले तलासी लिँदा ७ करोड २९ हजार ७७ हजार बराबरको विभिन्न व्यक्तिहरूको नामको तमसुक २३ वटा बरामद भएको थियो ।

    ती तमसुक कतिपय वडाबाट प्रमाणित भएका, केही नभएका र केही म्याद नाघेका थिए । त्यस्तै विभिन्न बैंक तथा सहकारी समेतको एक करोड ३४ लाख रुपैयाँ बराबरको ३२ वटा चेक, ६ वटा चेकबुक र लालपुर्जा समेत उनको घरबाट बरामद भएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

    उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले ललितपुर जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ

    आइतबार, असार २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer