काठमाडौँ । काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत निरज सुबेदीलाई उक्त अवार्ड हस्तान्तरण गरे ।
Advertisement
हिमालयन डिस्टिलरीको वित्तीय प्रतिवेदन विवरणको विस्तृत व्याख्या, संस्थागत सुशासनको जानकारी तथा अन्य वित्तीय तथ्यहरुको वास्तविक तथ्य आम लगानीकर्तालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिरहेको र यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिए ।
कम्पनीको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेड्रेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।




