• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ग्लोबल टी–२० क्रिकेट क्यानडा २०२३ः पहिलो सहभागितामै दीपेन्द्रले उचाले उपाधि (फोटो फिचर सहित)


  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • काठमाडौं । ग्लोबल टी–२० क्यानडा २०२३ को उपाधि मोन्ट्रियल टाइगर्सले जितेको छ । रोमाञ्चक फाइनल खेलमा सर्रे जगुअर्सलाई ५ विकेटले हराउँदै टाइगर्सले अन्तिम बलमा जित निकालेको हो ।

    Advertisement

    नेपालका दीपेन्द्रसिंह ऐरी सम्मिलित टाइगर्स र सन्दीप लामिछाने सम्मिलित जगुअर्सबीच उपाधि भिडन्त भएको थियो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको जगुअर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३० रनमात्र जोड्न सक्यो ।

    टाइगर्सका बलरहरूले कसिलो बलिङ गर्दा जगुअर्सका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । ओमानी ओपनर जतिन्दर सिंहले ५७ बल खेल्दै सर्वाधिक ५६ रन बनाए । टाइगर्सका लागि युएईका बलर आयन अफजल खानले २ विकेट लिए । दीपेन्द्रले बलिङ गर्न पाएनन् ।

    कठिन पीचमा १३१ रनको सामान्य लक्ष्य पनि टाइगर्सका लाग भारी बन्यो । ११.४ ओभरमा ६० रनमात्र बनाउँदा टाइगर्सले चार विकेट गुमाएको थियो । त्यसपछि वेस्ट इन्डियन ब्याट्सम्यान सेफरेन रदरफोर्ड र दीपेन्द्रले इनिङ सम्हाल्ने प्रयास गरे ।

    उनीहरूबीच ४५ रनको महत्त्वपूर्ण साझेदारी भयो, तर रन रेटको प्रेसर बढेपछि टीमले दीपेन्द्रलाई फिर्ता गरेर वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान एन्ड्रे रसेललाई ल्याउने निर्णय ग¥यो । दीपेन्द्र १६ रनमा रिटायर्ड आउट भए, जतिबेला टीमलाई दुई ओभरमा २५ रन चाहिएको थियो ।

    टाइगर्सको निर्णय सही साबित पनि भयो । रसेलले पहिलो बलमा पावरफुल हिट गर्दै चौका निकाले । यही ओभरमा रदरफोर्डले एक छक्का प्रहार गर्दै टीमको आशा बढाए ।

    अन्तिम ओभरमा टाइगर्सलाई जितका लागि १२ रन आवश्यक थियो । स्ट्राइकमा रदरफोर्ड थिए । उनले पहिलो बलमा सिंगल लिएपछि स्ट्राइकमा आए रसेल । दोस्रो बलमा उनले विशाल छक्का हाने । त्यसपछिको समीकरण थियो ४ बलमा ५ रन । तर टाइगर्सका लागि त्यो पनि सहज भएन ।

    तेस्रो, चौथो र पाँचौं बलमा एक एक रन मात्र बन्यो । अन्तिम बलमा दुई रन चाहिएको अवस्था स्ट्राइकमा थिए रसेल । उनले हावामा उडाइदिएको बल छक्का भयो । टाइगर्सले खेल जित्यो ।

    जगुअर्सका लागि कप्तान इफ्तिकार अहमदले चार ओभरमा ८ रन मात्र खर्चेर दुई विकेट लिए । सन्दीपले ३ ओभरमा २० रन खर्चिँदा विकेट लिन सकेनन् । उनको बलमा विकेटकिपरले एउटा क्याच छुटाएका थिए ।

    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer