• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ २३, २०८३
☰
मङ्गलबार, भदौ २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

बहुउपयोगी तामा : बनाउने विधि र फाइदा 


  •   शनिबार, साउन २७, २०८० मा प्रकाशित
  • गाउँघरमा यतिबेला सागसब्जीको दुःख हुँदैन । त्यसमाथि थरीथरी तरकारीले जिब्रोको स्वाद फेर्न पाइन्छ । जस्तो कि, तामा । बाँसको कलिलो टुसा हो यो । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा खाए हुन्छ वा लामो समय राखेर पनि खान सकिन्छ । तपाईंको स्वाद र मर्जी अनुसार ।

    Advertisement

    बाँसको तामा सजिलै उपलब्ध हुने त्यस्तो तरकारी हो, जसमा कुनै रासयनिक मलखाँद, विषादी मिसाउन जरुरी हुन्न । अर्थात यो शुद्ध, ताजा र पूर्ण जैविक हुन्छ । किनभने बाँसका लागि अतिरिक्त मल र विषादी चाहिँदैन । न सिंचाई गर्नुपर्ने । यो जता–ततै सजिलै हुर्कने वनस्पति हो । वास्तवमा बाँस आफैमा बहुउपयोगी र बहुगुणी वनस्पति हो । बाँस छिटै बढ्ने प्रजातिमा पर्छ । त्यसैगरी यसले वायुमण्डल शुद्धिकरणमा पनि खास भूमिका खेल्छ ।

    अब कुरा गरौं, बाँसको टुसाको । टुसालाई तामाको रुपमा विभिन्न व्यञ्जन बनाएर खान सकिन्छ । यसको सुप बनाएर खान सकिन्छ, भुटेर खान सकिन्छ, अन्य सागसब्जीमा मिसाएर खान सकिन्छ, अचार बनाएर खान सकिन्छ । अर्थात आफ्नो स्वाद अनुसार यसलाई थरीथरी परिकारमा तयार गर्न सकिन्छ ।

    तामा, आलु र बोडीको झोलले त धेरैको जिब्रो लोभ्याउँछ । त्यसैगरी यसलाई सुख्खा भुटेर वा अचार बनाएर पनि स्वाद फेर्न सकिन्छ । बाँसको तामालाई पारम्परिक खाद्य पदार्थको रुपमा उपयोग गर्न सकिन्छ ।

    स्वादको मात्र के कुरा, यो पौष्टिकताले पनि भरपुर तरकारी हो । बाँसको तामामा मूख्यत भिटामिन ए, भिटामिन इ, भिटामिन बि, भिटामिन बि६, थायमिन, फोलेट, प्याटोथेनिक एसिड, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस, पोटाशियम, सोडियम, कपर, आइरन जस्ता तत्व पाइन्छ ।

    औषधिको रुपमा

    बाँसको तामामा औषधिय गुण हुन्छ । यसलाई औषधिको रुपमा पनि प्रयोग गरिदै आएको छ । लगभग २ हजार बर्षदेखि पारम्परिक चिनियाँ औषधिय सामाग्रीको रुपमा प्रयोग गरिदै आएको पाइन्छ । तिब्बती चिकित्सा पद्धतीमा यसलाई ‘तबाशीर’ वा ‘तवाशीर’ भनिन्छ । भारतिय पारम्परिक चिकित्सा पद्धतीमा बाँसको तामामा पाइने प्राकृतिक क्याल्सियमलाई ‘वंशलोचन’ भन्ने गरिन्छ ।

    आधुनिक शोधमा के पाइएको छ भने, बाँसको तामाबाट केही स्वास्थ्य लाभ मिल्छ । यसमा भएको पाइने एमिनो एसिडमा उचाई बढाउने, गर्भाशय स्वास्थ राख्ने गुण हुन्छ । बाँसमा युटरोटोनिक नामको तत्व पाइन्छ, जो गर्भाशयको संकुचन बढाउन उपयोगी हुन्छ ।

    यसमा पाइने भिटामिन इले छालालाई स्वास्थ राख्न मद्दत गर्छ । भिटामिन ईले हाम्रो लागि एक एन्टिअक्सिडेन्टको काम गर्छ । यसले छालाको कोशिलाई फ्री रेडिकल्सको प्रभावबाट बचाउँछ ।

    पोषक तत्व

    बाँसको तामामा भिटामिन, खनिज पदार्थ, प्रोटिन र अरु केही प्रकारका एन्टिअक्सिडेन्टको राम्रो मात्रा पाइन्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । साथै यसमा हुने फाइटोन्यूट्रिएन्ट्सले हृदयको कार्यप्रणालीलाई राम्रो बनाउँछ ।

    एक अध्ययन अनुसार बाँसको तामामा पाइने फाइटोस्टेरोल्स र फाइटोन्यूट्रिएन्ट्सले शरीरको खराब कोलेस्ट्रोल क मगर्न मद्दत गर्छ । यसका साथै बाँसको तामा पोटेशियम हुन्छ, जसले रक्त प्रवाह एवं हृदयको गति सन्तुलित राख्न मद्दत गर्छ ।

    समग्रमा, बाँस बहुउपयोगी वनस्पति हो, साथै बहुगुणी पनि

    ।

    शनिबार, साउन २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer