• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

३३ बर्षले के दिएन र साईला ? लिन पो जान्नु पर्यो त !!


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • “साहुजी अन्डा दिनुस् न, एउटाको कति”, “पच्चीस माट्रै” तुरुन्तै जवाफ आयो । अस्ति जस्तो लाग्छ रु पांचमा किनेको । “के भो र दिदी के हिसाब गर्न लाग्नु भको”। “हेर न साईला ! बजार भाउ छोईसाध्य छैन,के साह्रो महंगो हो” उजेली भन्दैछिन, ३३ बर्षले के दिएन र साईला ?? लिन पो जान्नु पर्यो त!!

    Advertisement

    चप्पल लगाउने नेताहरु महलमा छन्, शुन्य लगानीमा तिनकै छोराहरु अरबौंमा खेल्छन्, गोलिगाठोमा छर्राको डाम लिएको कार्यकर्ता टुलुटुलु हेर्छ, ज्वाई मन्त्री, छोरी मेयर छिन, ३३ बर्षले के दिएन र साईला ? लिन पो जान्नु पर्यो त!!

    बिहानै बालकोटमा सहमती लिन्छन, दिउसो वालुवाटारमा सपथ खान्छन र सांझ बिश्वासको मत बुढानिलकण्ठले दिन्छ, लाज सरम ईमान जमानका कुरा त पछी गरौला, आफ्ना लागी त सबै ठिक । ३३ बर्षले के दिएन र साईला? लिन पो जान्नु पर्यो त!!

    बैक फाईनान्सको नाफा अरबौ छ, युवालाई खाडी र अरब छ, देशमै बस्ने उद्यमीले आफै जल्नु परेको छ, किसानले भोक-भोकै घांटीमा पांसो लगाई मर्नु परेको छ । ३३ बर्षले के दिएन साईला? लिन पो जान्नु पर्यो त!!

    गाँउ छोडेर बाउआमा लौरो टेक्दै शहर बसाई सर्छन्, फुङग रंग उडेको गाउको घर कि त पाली झरेको छ कि लडेको छ, भतिजा र छोराहरु कोही मलेसिया छन कोही दुबई छन । ३३ बर्षले के दिएन र साईला? लिन पो जान्नु पर्यो त!!

    सरकार कहिले छिमेकमा चामल माग्छ कहिले चिनी माग्छ, निस्सासियर देशका युवा कि खाडी भाग्छ कि मलेसिया रोज्छ, घडेरीलाई खरवारी र सिरुघारी, खोलाखेत र गैह्रीखेतलाई बाझो वारी बनाईदिएको छ । ३३ बर्षले के दिएन र साईला ? लिन पो जान्नु पर्यो त !!

    डाक्टर र शिक्षक सडकमा छन, बिद्यार्थी एयरपोर्टमा भेटिन्छन्, ऋण काडेर खाडी गएको छोरा, साहुले घर-खेत खाईसक्दा, बाकसमा फर्किन्छ । ३३ बर्षले के दिएन र साईला? लिन पो जान्नु पर्यो त!!

    प्रा. डा. का फाटेका जुत्ता छन्, किसानका फुटेका खुट्टा छन्, कलम समाउने छोरा भन्दा खुडा र तरवार समाउने छोराको राम्रो कमाई छ, समाजमा उसैको हाई-हाई छ । ३३ बर्षले के दिएन र साईला ? लिन पो जान्नु पर्यो त!!

    ज्यान मारे जन्मकैद मिनाहा छ, व्यपार गरे अर्वौ-ब्याज छुट छ, निर्मलालाई त सबैले बिर्से होला, मन्त्रीका छोरालाई त यहां बलत्कार नै छुट छ, सभापतीकी श्रीमती हुनुपर्यो, झन यहां, गुट चलाउन भ्रष्टचार छुट छ । ३३ बर्षले के दिएन र साहिला ? लिन पो जान्नु पर्यो त!!

    डुङडुङ गनाएको अख्तियार, भ्रष्टचारको ओगुल्टो सुब्बा र खरदारको मुखमा झोस्छ, भाउजु र देवर देख्यो भने दुला भित्र पस्छ, छोराको फि तिर्न ट्राफिक, चिट लिएर सडकमा बस्छ, दशै तिहार आउदा पुलिस डिस्को भित्र पस्छ । ३३ बर्ष ले के दिएन र साईला? लिन पो जान्नु पर्यो त!!

    भ्यूज पाउन चर्को स्वरमा बोल्नु पर्ने, सब्बै कपडा खोल्नु पर्ने, ठुल-ठुलो स्वरमा सांचोलाई झुट र झुटलाई सांचो भन्नुपर्ने सन्चारको हरिबिजोग छ । ३३ बर्षले के दिएन र साईला ? लिन पो जान्नु पर्यो त!!

    ब्यपारीलाई बिमानस्थल ठेक्का छ । भाउजुलाई सत्ता छ, देवरलाई ठेक्का र पट्टा छ । सुन होस कि शरणार्थी यता एक्का छ, उता सत्ता छ । सबका-सब ठिक-ठाक चलेकै छ । किसानलाई पेटमा मुजा छ, हात्तीछाप पड्काउनेलाई बासमतीको भुजा छ । ३३ बर्ष ले के दिएन र साईला ? लिन पो जान्नु पर्यो त!!

    आमाको माया आधिमाना घिउ र आगनको देवता तुलसिको बिउ सम्म देख्ने भन्सार , बिस-पच्चिस, तिस-तेत्तिस, हुदै डेढ कुईन्टल सुन देख्न छोडो । तेत्तिस बर्षले के दिएन र साईला ? लिन पो जान्नु पर्यो त !!

    नेतालाई ढुकुटीको सांचो दिएको छ, केटालाई खाडीको बाटो दिएको छ, पवित्र नदीलाई ढल दिएको छ, खेतलाई कहां हो र !! होईन नी, गोदामलाई मल दिएको छ । माडीको फांट बांझै भएर के भो त, काठमाडौंलाई घडेरीको माटो दिएको छ । ३३ बर्षले के दिएन र साईला ? लिन पो जान्नु पर्यो त !!

    (लेखक: ईश्वर अर्याल त्रि वि भुगोल केन्द्रिय विभाग किर्तिपुरमा पिएच डी अध्ययनरत हुनुहुन्छ ।)

     

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    ढकाल नालीवेली: अछामको काफलजणिबाट गोरखाको बोर्लाङ्गसम्म
    इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न
    ढकाल वंश: अछामदेखि गोरखासम्म
    लेखक संघको पूर्ण बैठक माघ १७ मा

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer