• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ १७, २०८३
☰
आइतबार, जेठ १७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मरुवा रोगका कारण किसान चिन्तित

  • ७. TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

  • ८. आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ढकाल नालीवेली: अछामको काफलजणिबाट गोरखाको बोर्लाङ्गसम्म


  •   बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाली समाजको इतिहास लिखित अभिलेखमा मात्र सीमित छैन। वंशावली, जनश्रुति, दरबारी दस्तावेज तथा रैथाने सांस्कृतिक अभ्यासहरूले कुनै पनि वंशको उद्गम, स्थानान्तरण र सामाजिक भूमिकालाई बुझ्ने आधार प्रदान गर्छन्। गोरखा जिल्लाको बोर्लाङ्ग क्षेत्रमा बसोबास गर्ने ढकाल वंशको इतिहास पनि यस्तै बहुआयामिक स्रोतसँग गाँसिएको छ।

    Advertisement

    अछाम जिल्लाको काफलजणि क्षेत्रदेखि गोरखाको बोर्लाङ्गसम्म फैलिएको यो यात्रा केवल भौगोलिक स्थानान्तरण मात्र होइन, दरबार, धर्म र संस्कृतिको निरन्तरताको कथा हो। ऐतिहासिक अभिलेख, वंशावली तथा जनश्रुतिअनुसार गोरखाको बोर्लाङ्ग क्षेत्रमा बसोबास गर्ने ढकाल वंशको मूल उद्गम अछाम जिल्लाको काफलजणि क्षेत्रसँग जोडिन्छ।

    गोरखामा भेटिएका पुराना लिखत तथा श्रुतिहरूमा “हाम्रा बाजे अछामबाट आएका हुन्” भन्ने उल्लेख पाइन्छ। यसले ढकाल वंशका पूर्वजहरू काफलजणिमा दीर्घकालीन रूपमा बसोबास गर्दै आएका थिए भन्ने तथ्य पुष्टि गर्छ।

    वंशावलीअनुसार काफलजणिमा अनन्त ढकाल तथा उनका दाजुभाइ थिए। अनन्तका तीन छोरामध्ये दुई सन्तान अछाममै बसे भने एक छोरा दामोदर ढकाल पिता अनन्तसँगै गोरखाको बोर्लाङ्गतर्फ गएर बसोबास गर्न थाले।

    दामोदरका तीन छोरा मध्ये राधाकृष्ण र पाणिनी दत्तले बोर्लाङ्ग छोडेका थिए। जानकीदत्तका सन्तान भने बोर्लाङ्गमा नै बसोबास गरिरहेका थिए।

    जानकीदत्तका पाँच छोरा मध्ये कुलानन्द र देवानन्द गोरखामा नै बसोबास गरे, र बाँकी तीन भाइ बोर्लाङ्ग छोडेका थिए। यसअघि पनि ढकालहरू साधनाका निम्ति गोरखा आउने गरेको जनश्रुति पाइन्छ, तर स्थायी बसोबास भने राजा राम शाहको शासनकालमा सुरु भएको देखिन्छ।

    ढकाल वंशको ऐतिहासिक महत्व अनन्त ढकालको दरबारी भूमिकासँग जोडिएको छ। ऐतिहासिक स्रोतअनुसार मुक्त ढकालका छोरा अनन्त शर्मा राजा राम शाह तथा युवराज डम्बर शाहको दरबारमा ज्योतिषिका रूपमा कार्यरत थिए।
    युवराज डम्बर शाहका लागि धार्मिक ग्रन्थ लेखी दिएको उल्लेख दिनेशराज पन्तद्वारा लिखित ‘गोरखाको इतिहास’ मा पाइन्छ। यसले ढकाल वंश गोरखा दरबारसँग प्रत्यक्ष र सम्मानित सम्बन्धमा रहेको स्पष्ट पार्छ।

    राम शाहको शासनकाल गोरखा राज्य विस्तारको समय थियो। छिमेकी राज्यहरूसँग निरन्तर द्वन्द्व भइरहँदा बुढीगण्डकी नदी आसपासको क्षेत्र, बोर्लाङ्गको माईथान, कोट–किल्ला र नाकाहरू सामरिक दृष्टिले महत्वपूर्ण थिए।

    जनश्रुतिअनुसार यस्ता क्षेत्रमा प्रशासन, सुरक्षा र धार्मिक मर्यादा कायम गर्न विश्वासिला ब्राह्मण तथा ज्योतिषिय परिवारहरूलाई बसोबास गराइन्थ्यो। घाटवेशी–सल्यानटार हुँदै बोर्लाङ्ग क्षेत्र पनि त्यही समयको महत्वपूर्ण नाका भएकाले अनन्त ढकाल र उनका सन्तानलाई बस्न अनुमति दिइएको मानिन्छ।

    पहिले वनजंगलले ढाकिएको र मलिलो माटो भएको बोर्लाङ्ग क्षेत्रमा ढकाल वंशले खेतीपाती सुरु गरी बस्ती विकास गरेको स्थानीय किंवदन्तीहरूमा उल्लेख छ। जानकीदत्तका पाँच सन्तान मध्ये कुलानन्द र देवानन्द गोरखामा बसोबास गरे, बाँकी तीन भाइ बोर्लाङ्ग छोडेका थिए।

    बोर्लाङ्ग बसोबास गर्ने कुलानन्दका तीन सन्तानमध्ये एक सन्तान सानैमा काशी गएका र फर्केनन् भन्ने किंवदन्ती छ। माइला छोरा भानुभक्तका सन्तान हाल पिपलटार, ऐरिभज्याङ्ग, बगुवा र सिमलटार बसोबास गर्दै आएका छन्।
    कुलानन्दको कान्छो छोरा मामुनन्दको एक सन्तान नारायण जन्मिएपछि युवावस्थामा मृत्यु भयो। तिनै नारायणका सन्तानहरू घाटबेशी बोर्लाङ्गमा बसोबास गर्छन्। यस आधारमा बोर्लाङ्गमा बसोबास गर्ने ढकालहरू अनन्त ढकालका पनाती ज्योतिष परिवारका वंशज हुन् भन्ने निष्कर्षमा पुगिन्छ।
    समयक्रमसँगै ढकाल वंशका शाखाहरू धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, काभ्रेपलान्चोक, सिन्धुली, मकवानपुर, ओखलढुंगा, खोटाङ्ग, पाँचथर हुँदै भारत, भुटानसम्म फैलिएका छन्।

    गोरखा जिल्लाको बगुवामा रहेका ढकालहरू बोर्लाङ्गबाट आएका इतिहाससँग जोडिएका छन्। ज्योतिर्विद् कुलानन्द ढकालका छोरा भानुभक्त, भानुभक्तका छोरा वाचस्पती, वाचस्पतीका छोरा शतानन्द, शतानन्दका छोरा भक्तानन्द थिए। तिनै भक्तानन्दका चार भाइमध्ये एक भाइ लक्ष्मीकान्त बगुवा गएका थिए। लक्ष्मीकान्तका छोरा पदमनिधि, उनका दुई छोरा प्राणनाथ र कान्छा छोरा काशीनाथ, काशीनाथका छोरा टंकप्रसाद, टंकप्रसादका दुई छोरा मध्ये पङ्क्तिकार म शम्भु ढकाल जेष्ठ पुत्र र कनिष्ठ छोरा कपिलसम्म आइपुग्दा अनन्त ढकालबाट १३ औं पुस्तामा पुगेको देखिन्छ।

    बोर्लाङ्गका ढकालहरू ज्योतिष, धर्मकर्म र संस्कार कर्मकाण्डमा सक्रिय रहँदा, अन्यत्र गएका वंशजहरू गोरखा राज्यको प्रशासनिक, धार्मिक र सामाजिक संरचनामा आबद्ध रहे। करिब चार सय वर्षभन्दा बढी समयदेखि निरन्तर बसोबास गर्दै आएको यो वंश गोरखाको ऐतिहासिक विकाससँग गहिरो रूपमा गाँसिएको छ।

    ढकाल वंशको निरन्तरताको महत्वपूर्ण आधार कुलपूजा र रैथाने संस्कृति हो। कुलपूजा केवल धार्मिक कर्मकाण्ड मात्र नभै पुर्खासँगको आत्मिक सम्बन्ध, सामाजिक एकता र ऐतिहासिक स्मृतिको निरन्तर अभ्यास हो।

    बोर्लाङ्ग तथा वरपर बसोबास गर्ने ढकालहरूले कुलदेवताको स्थानमा नियमित पूजा–पाठ गर्दै आएको परम्पराले काफलजणिको मूल थलो र गोरखाको बसोबासबीच सांस्कृतिक सेतुको काम गरेको देखिन्छ। स्थान परिवर्तन भए पनि वंशीय पहिचान र पुर्ख्यौली स्मृति जोगिनु यही परम्पराको परिणाम हो।

    दिनेशराज पन्त, ‘गोरखाको इतिहास नामक पुस्तकमा अनन्तको प्रसङ्ग उठाइएका छन् ’, खडानन्द ढकालद्वारा सङ्कलित दस्तावेज–०२९ मा अछामबाट अनन्त ढकाल गोर्खा बोर्लाङ्ग आएको ठोकुवा गरेका छन् , ढकाल समाज बोर्लाङ्गको प्रतिवेदन–०५५/५६ले पनि राम शाहको पालामा ढकालहरु अछामबाट आएका उल्लेख छन् तथा कृष्ण ढकालद्वारा सङ्कलित उपमन्यू गोत्रीय ढकाल वंशावली (पृष्ठ १२) मा अनन्त ढकालको नाम उल्लेख छन् ।

    अत: यी सबैले उल्लेख गरेका एउटै व्यक्ति भएको पुष्टि हुन्छ। ढकालबाहेक यससँग मेल खाने नीलकण्ठ लामिछाने, चित्रबहादुर रसाइली, चिरञ्जीवी दाहाल, ठाकुर लामिछाने तथा जनक खड्काद्वारा लिखित लेखनहरूमा पनि अनन्त ढकाल राम शाहका पालामा अछामबाट आएका तथ्य पाइन्छ।

    (लेखक शम्भुप्रसाद ढकाल, नेपालका ख्यातिप्राप्त ज्योतिर्विद् हुनुहुन्छ। लामो समयदेखि काशीमा अध्ययन, अनुसन्धान र साधनामा तल्लीन शम्भुप्रसाद ढकाल गोरखाका स्थायी निवासी हुनुहुन्छ)

    बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ ११ गते साेमवार:

    • २.
      आज २०८३ साल जेठ १२ गते मंगलवार:

    • ३.
      आज २०८३ साल जेठ १६ गते (३०

    • ४.
      आज २०८३ साल जेठ १४ गते (२८

    • ५.
      आज २०८३ साल जेठ १३ गते बुधवार:

    • ६.
      मरुवा रोगका कारण किसान चिन्तित

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    • ३.
      आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ६.
      आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer