• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बेलबारी गोल्डकपको उपाधि ब्रिगेड ब्वाइजलाई


  •   आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित
  • पथरी । छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लबलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधि चुमेको हो ।

    Advertisement

    ब्रिगेडले उपाधिसँगै आठ लाख नगद र ट्रफी प्राप्त ग¥यो भने बिर्तामोड झापाले रु पाँच लाख र ट्रफीमा चित्त बुझायो । विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले पुरस्कार प्रदान गरे ।

    निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधिबाट विमुख भएको हो । खेल शुरू भएको दुई मिनेटमै बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो । ब्रिगेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै झापाका अभिषेक गुरुङले गोल गरेका थिए ।

    ३१ औँ मिनेटमा ब्रिगेड खेलमा फर्कियो । ब्रिगेडका लागि दीपेश आलेले गोल गर्दै खेल बराबरीमा ल्याए । बिर्तामोडका डिफेन्स अघि बढेको अवस्थामा कसैको नजरमा नपरेका दीपेशले डी एरिया नजिकबाट प्रहार गरेको बलले जाली चुम्यो । दुवै टिमले निकै आक्रामक खेल खेले पनि थप गोल हुन नसक्दा खेल ट्राइबेकरतर्फ धकेलिएको थियो ।

    ट्राइबेकरमा ब्रिगेडका रोशन राना, एन्जल महर्जन, दीपेश आले, अनिश तामाङ र जय गुरुङले गोल गर्दा बिर्तामोडका योगेश गुरुङ, विशाल दर्जी र विक्रम लिम्बूले गोल गरे । बिर्तामोडका निशान तामाङको प्रहार ब्रिगेडका गोल रक्षक विशाल सुनारले बचाएका थिए ।

    उनी उत्कृष्ट गोलकिपरसमेत भए । विधागततर्फ पनि ब्रिगेडले कब्जा जमायो । ब्रिगेडका जय गुरुङ उत्कृष्ट खेलाडीमा, डिफेन्स पद्म भट्टराई, हाइ स्कोरर दीपेश, उत्कृष्ट कोच धनेश्वर प्रजापती घोषित भए ।

    खेलको म्यान अफ द म्याच बिर्तामोडका अभिषेक गुरुङ, उत्कृष्ट फरवार्ड बिर्तामोडका आशीष चापागाईं, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका रोहन कार्की घोषित भए । उदयमान खेलाडी आयोजकका दुर्गा राई घोषित भए । कोशी प्रदेशमा नियमित हुने बेलबारी गोल्डकपमा नेपाल र भारतका आठ टोली सहभागी थिए । असोज २६ देखि गोल्डकप सुरु भएको थियो ।

    आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer