• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कामना इन्टरनेशनल विद्यालयद्वारा देउसी-भैलो कार्यक्रम सम्पन्न


  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
  • काठमाडौ । काठमाडौं सानो भर्यांगस्थित कामना इन्टरनेशनल विद्यालयले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिकसंगै अन्य बिबिध गतिविधिहरू पनि सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरुलाई चाडपर्व, रितिरिवाज, धर्म संस्कृती र संस्कारसंग जोडेर अन्य गतिबिधिहरु पनि संचालन गर्नेगरेको छ । यसै सन्दर्भमा नजिकै आएको महान पर्व दिपावलीको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु संग अभिभावक, विद्यार्थी र विद्यालय परिवारले देउसी-भैलो कार्यक्रम गरेको थियो । कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन  रंगोली र देउसी-भैलोलाई, विद्यार्थीहरु बिच चार समुह बनाई, छुट्टाछुट्टै प्रतिस्पर्धा गराईएको थियो । देउसी-भैलो ‘ब्लु’ हाउस र रंगोलीमा ‘एल्लो’ हाउस समुह प्रथम भएका थिए ।

    Advertisement

    शैक्षिक सत्र २०८० को प्रारम्भसँगै यस विद्यालयले आफ्नो विद्यालयमा प्राध्यापनरत शिक्षक कर्मचारीहरुलाई विभिन्न प्रकारका पुनर्ताजकीकरण तालिम प्रदान गर्ने गरेको छ । विद्यालय वरपरको वातावरण, अभिभावकको आर्थिक, सामाजिक, सांस्कृतिक तथा शिक्षक कर्मचारीहरुको अवस्था बालबालिकाको मनोभाव, कला शिक्षाको राष्ट्रिय उद्देश्य, राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको आन्तरिक र बाहय मूल्याङ्‌कन प्रक्रिया आदिबारे विद्यालयले आफ्ना अभिभावक, विद्यार्थी तथा शिक्षिकाहरुलाई प्रशिक्षण दिने गरेको छ। विश्वमै महामारीको रुपमा फैलिएको कोभिड-१९ र यसको जनमानसमा पारेको नकारात्मक असर तथा बन्दाबन्दीजे हाल सिर्जित पछिल्लो अवस्थाले शिक्षा क्षेत्र र बालबालिकालाई नराम्रो प्रभाव पारिरहेको अबस्थामा यस्तो प्रभाव र विविध समस्यालाई न्युनिकरण गर्दै शिक्षण सिकाइ क्रियाकलापलाई अगाडि बढाउन विद्यालय प्रशासन निरन्तर क्रियाशील रहेको छ ।

    शिक्षाका राष्ट्रिय उद्देश्यलाई पूरा गर्न वालमैत्री वातावरणमा क्रियाकलापमुखी शिक्षण विधि अपनाउनु विद्यालयको सबल पक्ष हो । शैक्षिक क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धालाई चिर्दै यस विद्यालयले न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । कोरा किताबी ज्ञानमा मात्र सीमित नरही बाल मनोभावलाई लक्षित स्तरिय वातानुकुलित शिक्षा प्रदान गर्ने काममा स्कुल निरन्तर प्रयत्नशील रहेको छ । परिणाम स्वरूप यस विद्यालयले शैक्षिक सत्र २०८० को सुरुवातबाट नै विभिन्न प्रकारका गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

    यस विद्यालयले आफ्ना विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि सबै कक्षाका विद्यार्थीलाई कक्षागत विभिन्न समूहमा विभाजित गरि, परियोजना कार्य, विषयगत समस्या पहिचान कार्य, समाधान पहिचान कार्य, प्रश्नोत्तर साथै सिकाइ क्रियाकलापलाई अगाडि बढाएको छ । विद्यालय समयभित्र चित्रकला, हस्तलेखन, सङ्गीत, तेक्वान्दो, नृत्य, तथा हरेक शुक्रबार विभिन्न प्रकारका बौद्धिक तथा शारीरिक खेलकुदहरुको आयोजन गरी बालबालिकाको विकासमा महत्त्वपूर्ण योगदान पुरयाउदै आएको छ।

    यसै सिलसिलामा यस विद्यालयले दशैको पुर्व सन्ध्यामा विद्यार्थीहरु संग विद्यालय परिवारले दशै शुभकामना आदान-प्रदान गरेको थियो साथै यही वैशाख २५ गते कक्षा दुईसम्मका बाबुनानीहरुलाई पौड़ी प्रतियोगितामा सहभागी गराएको थियो भने बाँकी विद्यार्थीहरुलाई हस्तलेखन प्रतियोगिता सञ्चालन गरी विजेतालाई पुरस्कृत समेत गरेको थियो । यसै अवसरमा अन्तराष्ट्रिय क्षेत्रबाट आएका स्वयम् सेवक शिक्षकबाट चित्रकला निर्माण गर्न लगाएर यस विद्यालयले आफ्ना बाबुनानीलाई आफ्नो बौदिक स्तरको क्षेत्रलाई विस्तार गर्ने अवसर सिर्जना गराएको थियो ।

    शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer