काठमाडौ । आज देखि हामी काठमाडौ महानगर, नेपाल फ्लोरीकल्चयर एसोसिएसन, नेपाल चेम्बर अफ कमर्सले सयुक्त रुपमा काठमाडौको भृकुटीमण्डप, एयरपोर्ट-तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउमा स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको छ ।
Advertisement
नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा पैसा विदेश जान रोकिने महानगरले जनाएको छ ।
अबको ४ दिनमा महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा स्वदेशी फूल बिक्रीका लागि ल्याउन र सो ठाउँबाट फूल माला खरिदका लागि आग्रह पनि गरेको छ ।
तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने र नेपाली फूल उत्पादक किसानलाई फूल बिक्रीका लागि हामीले अवरोध गर्ने छैनौ भने महानगर नेपाल फ्लोरीकल्चयर एसोसिएसन र चेम्बर अफ कमर्शको सयुक्त टोलिले अनुगमन गर्ने छौ ।




