☰
शुक्रबार, कार्तिक ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नुवाकोटमा हरिबोधिनी एकादशीमा शङ्खध्वनि प्रतियोगिता हुने


  •   सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
  • नुवाकोट । नुवाकोटको सामुदायिक रेडियो नुवाकोट एफएमले बुधबार शङ्खध्वनि प्रतियोगिता आयोजना गर्ने भएको छ । हरिबोधिनी एकादशी २०८० का अवसरमा यही मङ्सिर ६ गते विदुर नगरपालिका–५ देवीघाटको चौतारामा आयोजना गर्न लागिएको प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाउने बताइएको छ ।

    Advertisement

    नेपाली मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न प्रवद्र्धन गर्ने उद्देश्यले सनातनी हिन्दू धर्मका विभिन्न संस्कारमा नभई नहुने शङ्खको उपयोग, संरक्षण र सम्वद्र्धनार्थ पहिलो पटक बागमती प्रदेशस्तरीय शङ्खध्वनि प्रतियोगिता आयोजना गर्न लागिएको एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारीले जानकारी दिए ।

    नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेशलगायतका मुलुकमा शङ्ख प्रयोग गरेको पाइन्छ । विभिन्न संस्कारमा शङ्ख नभई हुँदैन । शङ्ख दिनानुदिन लोप हुँदै गएकाले युवापुस्ता संरक्षणमा लाग्नुपर्ने संस्थाका अध्यक्ष शिवप्रसाद न्यौपानेले बताए ।

    प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु सात हजार, तृतीय हुनेलाई रु पाँच हजार तथा सान्त्वना पाउनेलाई रु तीन हजार तथा सम्पूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्ने बताइएको छ । प्रतियोगिताका निर्णायकमा वरुण खतिवडा, मनोज सुवेदी र छेवाङ तेन्जिङ तामाङ रहनेछन् ।

    “कार्यक्रमका लागि कार्यक्रममात्र नभएर समाज रूपान्तरण तथा जनचेतनाका निमित्त कार्यक्रम’ भन्ने मूलमन्त्रलाई आत्मसात् गरी संस्थाले यो प्रतियोगिता आयोजना गर्न लागेको हो”, रेडियो पत्रकार अधिकारीले बताएका छन् ।

    सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer