☰
शुक्रबार, कार्तिक ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एसियाली विश्वकप छनोट दोस्रो चरणमा नेपाल पराजित


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • काठमाडौँ । सब्टिच्युट खेलाडी ओमार अब्दुल्लाहले दोस्रो हाफमा गरेको उत्कृष्ट गोलको मद्दतले यमनले एसियाली विश्वकप छनोट दोस्रो चरणमा मंगलबार नेपाललाई २-० पराजित गरेको छ ।

    Advertisement

    एसियाली विश्वकप छनोट दोस्रो चरण : घरेलु मैदानमा नेपाल यमनसँग स्तब्ध
    दशरथ रंगशालामा मंगलबार भएको खेलमा उनले नेपालका तीन डिफेन्डरलाई बिट गर्दै अगाडि बढाएको बलमा शक्तिशाली प्रहार गर्दै ७३ औं मिनेटमा गोल गरेका हुन् । त्यस प्रहारमा नेपाली गोलरक्षक किरण लिम्बूसामु बचाउको कुनै पनि अवसर थिएन । यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाहले ९० औं मिनेटमा थपे । यसका लागि उनले आफ्नो अगाडि नेपाली गोलरक्षक किरणमात्र भएको स्थितिमा बललाई हल्का उचाई दिएर पोस्टको दिशा दिए ।

    यमनले पूरा खेल अवधिमा दुईभन्दा बढी स्पष्ट आक्रमण बुनेको थियो र जितका लागि हकदार रह्यो । यो नतिजापछि यमनले ३ अंक बटुलेको छ । नेपाल भने दुई खेलपछि दुवै खेलमा पराजित रहेर शून्य अंकमै रह्यो ।

    पहिलो हाफमा कुनै पनि निर्णायक आक्रमण बुन्न नसकेको नेपालका लागि दोस्रो हाफमा हिसुब थपलियाले बलियो राम्रो आक्रमण बुने । सब्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका हिसुब ६१ औं मिनेटमा गोल गर्न चुकेका हुन् । यमनी गोलरक्षक अब्दुल्ला अब्दुलले वान भर्नेस वानको स्थिति उत्कृष्ट बचाउ गरेका हुन् । यमनविरुद्ध नेपालको यो पाँचौं खेलमा चौथा हार हो । यमन नेपालविरुद्ध अपराजित रहेको छ र त्यसमध्ये एकै खेलमात्र गोलरहित बराबरीमा टुंगेको छ ।

    नेपाल एसियाली छनोट दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४–० ले पराजित भएको थियो । यमन भने अर्को खेलमा बहराइनसँग २–० ले हराएको थियो । यस अगाडि छनोटको पहिलो चरणमा नेपालले लाओसको चुनौती काटेको थियो ।

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer