पाल्पा। पाल्पा जिल्लाको रैनादेवीछहरा गाउपालिका वडा नं. ३ भुवनपोखरी स्थित रैनादेवी मन्दिरमा हरेक बर्ष नया अन्न ग्रहणगर्ने दिन अर्थात न्वागी पर्वको अवसरमा मेला लाग्ने गर्दछ।
Advertisement
हरेक बर्ष तान्त्रिक विधिद्वारा दिन निर्धारण गरी रैनादेवी मन्दिरमा अर्पण गरेर मात्र नवान्न ग्रहण गरिन्छ।
हरेक वर्ष जस्तै यस वर्ष पनि रैनादेवी मन्दिरमा मेला लागेको छ यसबर्ष मेला मंगसिर ९ र १० गते लाग्ने आयोजक श्रोतले जनाएको छ।
मगर समुदायमा प्रचलित सोरठी नृत्य यस मेलाको मुख्य आकर्षक पक्ष रहेको छ। साथै स्थानीय जम्घट, आपसी सद्भाव र सांस्कृतिक उत्थानको लागि यसरी समय समयमा लाग्ने मेलाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।




