• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सर्वगुण सम्पन्न टिमुर, यस्ता छन् यसका फाइदा र प्रयोग गर्ने तरिका


  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्राय: भान्सामा प्रयोग हुने टिमुरबारे सवै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । टिमुर स्वादका लागि मात्र नभइ ओखतीको रुपमा समेत काम गर्छ ।

    Advertisement

    टिमुर के हो ? नेपालको महाभारत पर्बत शृंखलाको १२०० देखि २५०० मिटर सम्मको उचाईमा पाइने टिमुरका बोट खुला तथा पाखो बारीमा उम्रिएका हुन्छन् । यसको व्यावसायिकरुपमा समेत खेती गर्ने गरिएको पाइन्छ । बोट भरीनै केही चेप्टो परेको तीखो काढाहरु हुन्छन्। टिमुरको डाँठको दुबैतिर स-साना दुई देखि छ जोडी सम्म तीखो टुप्पो भएका पातहरु पलाएका हुन्छन् ।

    टिमुरको फल स-साना, राता, चार देखि पाँच मिलीमिटर ब्यासका हुन्छन। फलको स्वाद तितो, पिरो, हुनुका साथै जिब्रो पर्पराउने हुन्छ । यी फलहरुबाट वास्ना पनि आउँछ। काँचोमा हरियो हुने यसको फल पूर्णरुपमा पाकीसकेपछि रातो रङ्गमा परिणत हुन्छ । धेरै पाकेमा फल आफै फुट्दछ र फल भित्रको कालो रङ्गको बियाँ बाहिर निस्किन्छ।

    नेपालमा टिमुरको प्रयोग मसलाको रुपमा गरिन्छ। विशेष गरी अचार बनाउन यो बढी प्रयोग गरिन्छ । जंगली जुका फाल्न, पेटको बिकार फाल्न, जैबिक बिषादि बनाउन आदि काममा समेत टिमुरको प्रयोग गरिन्छ। यसको फल, रुखको बोक्रा, फूललगाय सवै भागलाई दन्तमन्जन, साबुन, अत्तर आदि बनाउनको लागि पनि प्रयोग गरिन्छ ।

    औषधीय गुणहरु: आयुर्वेदिक प्रणाली अनुसार दाँत दुखेको, पेटको बिकार, ज्वरो, हैजा हटाउन लगायतका बिमारमा टिमुरको प्रयोग गरिन्छ। टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । शरीरलाई उर्जा तथा तागत दिने औषधिको रूपमा प्रयोग हुन्छ । खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जोडो मौसममा बढी लाभदायी हुन्छ ।

    हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ । आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ । आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ । न्यून रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्या उने गर्छ ।

    गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ । टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न किरा तथा जुकाहरुलाई मार्नको लागि पनि सहयोग पुर्याउँछ ।

    कसरी प्रयोग गर्ने ?
    १. पेट सम्बन्धी रोगमा: यो विशेष गरी पाचनक्रिया कमजोर हुने विमारको सफल औषधी हो । यसले मन्दाग्नि, अपच, आऊ र यस्तै समस्याको कारणले पेटमा हुने वायुशूलमा उत्तम औषधीको काम गर्दछ । पेटमा हुने क्रिमि (किरा) को संक्रमणलाई पनि यसले धेरै हदसम्म ठिक गर्छ । टिमुरले सेवनले यकृत (लिभर) बलियो हुने र जठराग्नि पाचनक्रियामा सुधार आउने तथा पाचनक्रिया आदिको कारणबाट अनुहारमा आएको शोथ (फुल्ने समस्या) ठिक हुने गर्छ । यसको सेवन मिश्री काँढासँग र बेलको शर्वतसँग सेवन गर्न उत्तम हुने आयुर्वेदमा उल्लेख गरिएको छ ।

    २. हैजामा टिमुरको प्रयोग: हैजाको संक्रमण चलेको समयमा यो निकै उपयोगी मानिन्छ । कथंकदाचित हैजाको विमारीको उपचारको लागि अस्पताल तथा चिकित्सकको व्यवस्था मिल्न गाह्रो भए यसको फल वा जराको बोक्रालाई पानीमा पकाएर बनाएको रस वा काँचो बोक्रालाई थिचेर निकालिएको रस बिमारीको उमेरलाई हेरी मात्रा मिलाएर सेवन गराउँदा लाभ हुन्छ ।

    ३. ज्वरो र कफमा: ज्वरो एवम् कफको विमारमा शरीरमा पसिना उत्सर्जन गरी शरीरलाई हल्का बनाउन यसको पातको स्वरस वा जराको बोक्राको रसलाई पकाएर बनाइएको रस सेवन गर्न आयुर्वेदले मार्गदर्शन गरेको छ । यसमा विद्यमान उत्तेजक तत्त्वको प्रभावले शरीरमा पसिना निकाल्न मद्दत गर्दछ र ज्वरो एवम् कफको समस्याबाट मुक्ति दिलाउँछ ।

    ४. गलाको शोथमा: टिमुरको ताजापातलाई पिसेर चामलको पिठोसँग मिलाएर गरम गर्ने र गलामा बाँध्नाले गलाको सूजन हट्दछ । ५. घाऊमा: टिमुरको सेवनले घाऊ खटिरामा पनि फाइदा पुर्याउने गर्छ। टिमुरको फल खुवाउने, यसको चूर्णलाई घाऊमा छर्कने र यसको बोक्रा (जराको बोक्रा)को रसले घाऊ धुनाले निकै लाभ हुन्छ ।

    ६. गठिया वाथमा: जडिबुटी शास्त्रका अनुसार गठिया वाथमा पनि यसको जराको बोक्रालाई पानीमा पकाएर पिलाउनाले निकै फाइदा पु¥याउने गर्छ ।

    ७. दाँतको लागि: यसको हाँगा बिँगा वा काँडालाई पानीमा पकाएर त्यसको पानीले कुल्ला गर्नाले दाँतको पीडा हट्ने र हाँगाले दाँत मल्नाले दाँत निर्मल हुने गर्छ ।

    ८. अन्य स्वास्थ्य समस्यामा: मन–मस्तिष्क, पागलपन, रगत सम्बन्धित समस्या आदिमा पनि यो निकै उपयोगी मानिन्छ । वाथ, अर्बुद, उदररोग, आँखा, कान र ओंठको रोग, शिरको बोझ, दम, पिसासम्बन्धी रोग आदिमा यसको औषधीय प्रयोग गर्न सकिन्छ । मात्रा: सामान्यतया वयस्क व्यक्तिको लागि यसको फलको मात्रा २ देखि ५ र जराको बोक्रा १ देखि २ तोलासम्मलाई लिन सकिन्छ ।

    आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer