कास्की । लायन्स क्लब इन्टरनेशल डिस्ट्रीक्ट ३२५ एम नेपालको ऐतिहासिक दोश्रो क्याबिनेट बैठक पर्यटकिय नगरी पोखराको माटेपानी स्थित एस आर के सि पार्टि प्यालेसमा मिति २०८० मङ्सिर ८ र ९ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा गन्डकि प्रदेशका मुख्यमन्त्री माननिय सुरेन्द्र राज पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । निक्कै सभ्य र भब्य रुपमा सम्पन्न उक्त कार्यक्रममा मुख्यमन्त्री पाण्डेले समाजको आवश्यकतामा लायन्सले दिएको मानविय सेवाको खुलेर प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रम भब्य रुपमा सफल बनाउनुभकोमा आयोजक क्लब एल सि पोखरा मुनसिटी परीवार, कार्यक्रम सम्योजक आर पोख्रेल लगाएत पोखराका सम्पुर्ण लायन लिडरहरुलाइ हार्दिक बधाइ दिदै, डिस्ट्रीक्ट ३२५ एमका डिस्ट्रीक्ट गभर्नर भिमलाल पौड्यालले पोखरेली लायन्सहरुको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा सम्मानित अतिथि एलसिआई डाइरेक्टर बालकृष्ण बुर्लाकोटि, बिशेस अतिथि पोखरा म न पा का मेयर तथा पुर्ब डिस्ट्रीक्ट गभर्नर धनराज आचार्य, पुर्व डिस्ट्रीक्ट गभर्नर महेन्द्र पौडेल लगायत अन्य लायन लिडरहरुको उपस्थिती रहेको थियो ।









