• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

महान अध्यात्मिक विचारक खप्तड बाबाका दर्शनहरु


  •   सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
  • खप्तड बाबा (वि.सं. १९३७-२०५३) ख्यातिप्राप्त आध्यात्मिक गुरु तथा विचारक हुन् । सन्न्यास लिनुअघि सामाजिक जीवनमा सक्रिय रहेका उनी चिकित्सक थिए । भारत कश्मीरको नेहरू परिवारमा जन्मिएका उनले कोलकाताबाट एमबिबिएस र बेलायतबाट सर्जनको अध्ययन गरेका थिए । पछि भने उनको झुकाव अध्यात्मतिर भयो ।
    उनले काशी (बनारस) को दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन र अध्यापन गरे । त्यसपछि साधनाका लागि १९८६ सालमा नेपाल आए । त्यस क्रममा डोटीको खप्तड लेकमा ५० वर्ष बसे ।
    उनले मानव जीवनलाई शान्त, सुखी पार्न विचारको नियन्त्रणमा जोड दिए । विचार नै खुसी र दुःखको स्रोत भएको भन्दै उनले यसभित्रको रुप, रङ र प्रभावलाई ‘विचार विज्ञान’ भनेर नामकरण गरेका छन् ।
    आत्मिक शक्तिलाई आफ्नो वशमा राख्न सुझाउने खप्तड बाबाले मान्छेले जस्तो सोचविचार गर्छ, ऊ त्यस्तै हुने भएकाले विचारको शुद्धतामा जोड दिएका छन् ।
    आरोग्य रहने सरल साधन भन्दै उनले यी ५ उपाय सुझाएका छन्:
    १. सदा प्रसन्न रहने गर । आफ्नो हृदयमा आनन्दलाई चारैतिर फैलिन देऊ, जसबाट तिम्रा साथ रहनेहरु पनि आनन्दमा रङ्गिऊन् । चिड्चिडेपना र उदासीपनबाट मुखको आकृति बिग्रन्छ, पाचनशक्ति पनि बिग्रन्छ, स्वास्थ्य र सौन्दर्यको नाश हुन जान्छ । त्यसैले हाँस्ने प्रयास गर । हास्यबाट आयुको वृद्धि हुन्छ, यसैले सदा आनन्दमा निमग्न रहने गर ।
    २. दोष, दृष्टि तथा अहंकारको त्याग गर । गुणदर्शी बन र प्रत्येक शुभ वस्तुमा शुभ हेर्न सिक ।
    ३. सब प्रकारको सफलता आत्मविश्वासमा निर्भर छ । सदा आफ्नो मनलाई पवित्र र उत्तम लक्षणवान् बनाऊ । अरुका नराम्रा विचारहरुलाई कहिल्यै ग्रहण नगर । सत्यता, दृढता, पवित्रता र प्रसन्नताका विचारहरुबाट शरीर र मनोबल बढ्दछ ।
    ४. मौन धारण गर । व्यर्थ बकवास नगर । आत्म प्रशंसाको त्याग गर । शान्ति नै महान् पुरुषहरुको उत्तम लक्षण हो । प्रत्येक कार्य शान्तिपूर्वक गर । आफ्ना इच्छाहरुलाई आफ्नो अधीन गर । कहिल्यै उत्तेजित नहोऊ, यसबाट विचार शक्ति निर्बल र मन्द हुन जान्छ । जो शान्त, एकाग्र चित्तले प्रतिदिनका कार्यहरुलाई गर्दछ, त्यसलाई अल्पकालमा र अल्प परिश्रमबाट गर्न सकिन्छ र उसको सारा दिन आनन्दमा व्यतीत हुन्छ । स-साना कुरामा उत्तेजित हुनाले मनको शान्ति भंग भएर शरीरलाई बडो हानि पुग्छ र अल्प आयुमा मृत्यु हुन जान्छ ।
    ५. सबैसँग प्रेमपूर्वक व्यवहार गर । ‘ईश्वर सब प्राणीहरुमा समभावले स्थित छ ।’ यस कुरामा श्रद्धा राख । ‘म जे पनि गर्न सक्छु ।’ यो विश्वास राख । यस्ता विचारहरुले तिम्रो शरीरमा बल तथा पुष्टिको वृद्धि बनिरहला, किनभने तिमी जस्तो भावना गर्नेछौ, उस्तै नै बन्नेछौ । मानस-शास्त्रको नियम छ- जो कुरो बारम्बार मनमा उत्पन्न हुन्छ, त्यो विश्वासको रुपमा बदलिन्छ । आफ्नो तथा शरीरको विषयमा जस्तो विश्वास छ, उस्तै नै लक्षण प्रकट हुन लाग्दछन् । ‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ।’ सत्यता नै प्रसन्नताको जननी हो । सत्यदेखि कहिल्यै भय हुँदैन।
    ॐ
    (खप्तड बाबाको कृति ‘विचार विज्ञान’ बाट साभार) —

    Advertisement

    सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer