• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दानविर कृष्णबहादुरको डेढ करोड दान शिक्षामा, ६ कोठे पक्की भवन निर्माण


  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • काठमाडौं । भोजपुरको पौवादुङ्मा गाउँपालिकाका कृष्णबहादुर राईले करिब डेढ करोड रुपैयाँ बराबरको विद्यालय भवन निर्माण गरिदिएका छन् । गाउँपालिकाको वडा नम्बर २ हाँबुका कृष्णबहादुरले सोही वडामा रहेको सितलादेवी आधारभूत विद्यालयको नयाँ भवन निर्माण गरिदिएका हुन् ।

    Advertisement

    कृष्णबहादुरले कक्षा ३ सम्म रहेको विद्यालयलाई ६ कोठे नयाँ पक्की भवन तथा बालबालिका खेल्नको लागि आवश्यक खेल सामग्रीहरु समेत जुटाइदिएका छन् । कक्षा ५ सम्म पढाउने प्रक्रियामा रहेकोले ६ कोठे भवन निर्माण गरिदिएको उनले बताए ।

    राईले विद्यालयलाई सोमबार एक कार्यक्रमका बीच नवनिर्मित भवन हस्तान्तरण गरेका छन् । विद्यालय भवन निर्माण गरिदिनुको उद्देश्यबारे उनी भन्छन्, ‘यही गाउँमा जन्में, हुर्कें तर गाउँको लागि केही गर्ने मौका मिलेको थिएन, अहिले मौका हेर्दा यही विद्यालयको भवन बनाउनुपर्ने जरुरी देखेकोले बनाएको हुँ ।’

    राम्रो तथा सफा ठाउँमा पढ्न पाउँदा बालबालिकाको सिकाइमा पनि प्रभाव पर्ने भएकोले भवन निर्माण गरिदिएको पूर्व ब्रिटिश आर्मी समेत रहेका राई बताउँछन् । ढुंगा माटोबाट निर्मित भवन भूकम्पपछि जोखिम रहेको भन्दै टिनको छाना भएको अस्थायी भवन बनाएर राखिएको थियो ।

    बसाइसराइ, जन्मान्तर लगायत कारण हरेक वर्ष विद्यार्थी घट्दै गइरहे पनि भएकाको लागि गुणस्तर शिक्षा दिनमा नयाँ पक्की भवनको पनि प्रभाव पर्ने विद्यालयका प्रधानाध्यापक चन्द्र बोगटी बताउँछन् ।

    उनी भन्छन् ‘बसाइसराइ, जन्मान्तर लगायतको कारण विद्यार्थी घट्दो छ । तर, घटेकोमा चिन्ता गर्ने भन्दा पनि भएकाको लागि गुणस्तर शिक्षा दिनु हाम्रो ध्येय छ त्यसमा यो नयाँ भवनको पनि महत्वपूर्ण प्रभाव पर्छ ।’ विद्यालयमा हाल २० जना बालबालिका अध्ययनरत रहेको प्रधानाध्यापक बोगटीले जानकारी दिए ।

    नयाँ भवन पाएपछि कक्षा ४ र ५ अध्यापन अनुमति पाउन पनि सहज हुने उनी बताउँछन् । कक्षा ४ पढ्न करिब एक घन्टा टाढा हिंड्नुपर्ने भएकोले पालिकामा कक्षा ५ सम्म अध्यापन अनुमतिको लागि अनुरोध गरिरहेको उनले बताए । उनले भने, ‘४ मा पढ्न जान करिब एक घन्टा हिंड्नुपर्छ त्यसैले ५ कक्षासम्म अध्यापन अनुमति मागिरहेका थियौं, अब यो नयाँ भवन भएपछि पक्कै सहज हुन्छ भन्ने लागेको छ ।’

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer