• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

झापा र वीरगन्ज को खेल गोलरहित


  •   शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा १० खेलाडीमा सीमित झापा एफसी र वीरगन्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

    Advertisement

    शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा दुवै टिम पहिलो जित निकाल्न असफल रहे ।

    ११औँ मिनेटमा झापाका समन्दर ओकिलोभले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई वीरगन्जका गोलकिपर दीप कार्कीले विफल बनाए । झापाका कप्तान लक्ष्मण रुचालले कर्नरबाट निकालेको पासलाई १८ यार्ड बक्सबाहिर रहेका ओकिलोभले ‘फर्स्ट टच’ प्रहार गरेका थिए ।

    १२औँ मिनेटमा पोस्ट बाधक बन्दा झापाले अग्रता बनाउन सकेन । समन्दार ओकिलोभले १८ यार्ड बक्सबाहिरबाट गरेको प्रहार सेकेन्ड बारमा लागेर फर्किएपछि झापाले अग्रता बनाउन सकेन ।

    ३२औँ मिनेटमा झापाका कप्तान लक्षम रुचालले गोलको सुन्दर अवसर खेर फाले । मैदानको मध्यभागबाट निकालेको बललाई पेनाल्टी बक्सभित्र नियन्त्रणमा लिँदै ‘वान भर्सेस वान’ को अवस्थामा वीरगन्जका कप्तान तथा गोलकिपर दीप कार्कीलाई ‘बिट’ गर्न सकेनन् ।

    ४३औँ मिनेटमा झापाका ओर्गे सान्चेजले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पुनः दीपले जोगाए । डिफेन्स लाइनबाट छिरिङ लामाले निकालेको क्रसलाई नियन्त्रणमा लिँदै सान्चेजले गरेको बलियो प्रहारलाई दीपले पन्च गरी बाहिर फ्याके ।

    पहिलो हाफमा झापाको निरन्तर दबाब झेलेको वीरगन्जले गतिलो आक्रमण बनाउन सकेन ।

    तर, दोस्रो हाफमा भने सुरुआतदेखि नै वीरगन्जले आक्रमण बुन्यो । ४७औँ मिनेटमा वीरगन्जका कृपाकान्त थारुको प्रहार पोस्टमा लागेर फर्कियो । राइट साइड बक्स बाहिरबाट कृपाले गरेको प्रहार बारमा लागेर फर्किएको थियो । सोही रिबाउन्डमा ६ यार्ड बक्सबाट ओबेड ओसुउको प्रहारलाई झापाका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

    ५१औँ मिनेटमा विलियम ओपुकु औसेडुले लेफ्ट साइडबाट निकालेको क्रसमा पेनाल्टी बक्सभित्र रहेका ओसुउले गरेको प्रहार आकासिदा पुनः वीरगन्जले अग्रता बनाउन सकेन ।

    ७३औँ मिनेटमा योगेश गुरुङले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि झापा १० खेलाडीमा समेटिएको थियो । मैदानको मध्य भागमा झापाका सुदीप श्रेष्ठले गरेको गल्तिको फाइदा उठाउँदै वीरगन्जका ओपुकु औसेडु एक्लै बल अघि बढाउँदा झापाका सबै रक्षक अघि बढेका थिए । ओपुकुलाई पछाडीबाट तानेपछि रेफ्री राम दसनले योगेशलाई सोझै रातो कार्ड देखाएका थिए ।

    ९०औँ मिनेटमा वीरगन्जका तेज तामाङको फ्रिकिकमा पुनः पोस्ट बाधक बन्यो । झापाका छिरिङ लामाले ओपुकु औसेडुलाई १ यार्ड बक्सबाहिर लेफ्ट साइडमा लडाएपछि वीरगन्जले फ्रिकिकको अवसर पाएको थियो । जसमा तेजले गरेको प्रहार माथिल्लो बारमा लागेर बाहिरिएको थियो ।

    इन्जुरी समयमा झापाका उज्वल राईले पेनाल्टी बक्सको लेफ्ट साइडबाट गरेको सशक्त प्रहार पोस्टमा लागेर फर्किदा खेल बराबरीमै टुंगियो ।

    बराबरीसँगै चार खेलबाट तीन अंक जोडेको झापा तालिकाको आठौं स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको वीरगन्ज तालिकाको पुछारमा छ ।

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer