• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

विद्यालयमा ६ दिनमा ६ थरी खाजा


  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
  • इटहरी । इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरुलाई आजदेखि दिवा खाजामा कार्यक्रम सुरु भएको छ । इटहरी उपमहानगरपालिकाले टेण्डर मार्फत मासुसहितको मेनुको खाजा खुवाउन थालेको हो ।

    Advertisement

    उपमहानगरपालिकाले आजदेखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

    शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु गरेको प्रमुख पौडेलले बताए । इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई उपमहानगरपालिकाले तीन करोडभन्दा बढी खर्चेर दिवा खाजा प्रभावकारी बनाउन थालेको छ ।

    विद्यालयमै पकाएर खुवाउनु पर्ने अनिवार्य नियम अनुसार ठेक्का लगाएर प्रभावकारी बनाउन थालेको हो । दिवा खाजा कार्यक्रमको आइतबार इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर नगरप्रमुख हेमकर्ण पौडेलले सुरुवात गरे ।

    सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न सङ्घीय सरकारले बालदेखि पाँच कक्षासम्मका लागि दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो । इटहरी उपमहानगरले बालदेखि ६ कक्षासम्मका लागि विद्यालयमै पौष्टिक दिवा खाजा खुवाउने व्यवस्था मिलाइएको छ ।

    दिवा खाजा कार्यक्रमका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । तर, यो बजेट पर्याप्त नहुने हुँदा उपमहानगरपालिकाले थप तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरी कुल पाँच करोड ६५ लाख रुपैयाँमा टेण्डरमार्फत ठेक्का लगाएर प्रभावकारी बनाउन थालेको हो ।

    ‘हाम्रो खाजा खोसिएको थियो, फेरि इटहरी उपमहानगरपालिकाबाट दिन थालिएको छ,’ राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत प्रद्युम्न दाहालले खुसी हुँदै भने, ‘यो दिवा खाजा कार्यक्रमले हामी सबै विद्यार्थीमा एकरुपता ल्याएको छ।’

    जङ्क फुड नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजा पकाएरै खुवाउने निर्णय गरेकोमा थुप्रै चुनौती भएपनि सफल हुने र नेपालमै नौलो हुने नगरप्रमुख पौडेलको दाबी छ । उनले बालबालिकालाई पौष्टिक आहार खुवाउन नगरको योजना सफल भएको बताउँदै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सक्रिय भएर लाग्ने बताए । ‘इटहरी क्षेत्रको गुणस्तर बढाउन सुरुवात गर्न हामीले गरेका छौँ,’ उनले भने, ‘सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नकै लागि चालु आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता राखिएको छ।’

    उनका अनुसार सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न अब सबै विद्यालयलाई सिसिटिभीबाट निगरानी गर्ने, शिक्षक–कर्मचारीको ई–हाजिरीलगायतलाई प्रभावकारी बनाउने उपमहानगरपालिकाको योजना छ ।

    सो क्रममा अधिकतर विद्यालयमा विद्यालयमा पकाउने व्यवस्था भइसकेको र केहीमा बाँकी रहेपनि चाडै पूरा हुने हुँदा व्यवस्थापन पक्ष मजबुद बनाएर अघि बढ्ने खाजा व्यवस्थापनका जिम्मा लिएको एरिना टिफिनका समीर कार्कीले बताए ।

    राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले उपमहानगरपालिकाले थालेको दिवा खाजा कार्यक्रमले दिवा खाजामा एकरुपता ल्याएको बताए ।

    दिवा खाजा कार्यक्रमबाट उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार २८ जना लाभान्वित हुनेछन् । दिवा खाजा कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरले बार अनुसारको मेन्यु बनाएर कार्यान्वयन थालेको छ ।

    यस्तो छ मेन्यु

    आइतबार : तीन किसिमका फलफूल, २१० ग्राम

    सोमबार : अण्डा र चिउरा

    मङ्गलबार : मिसाइएको गेडागुडीको तरकारी र चिउरा

    बुधबार : चामलको खीर र तरकारी

    बिहीबार : दही, चिउरा र तरकारी

    शुक्रबार : खसी वा कुखुराको मासु र चिउरा, (शाकाहारीका लागि मटर पनिर)

    आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer