• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ३०, २०८३
☰
मङ्गलबार, असार ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राष्ट्रपतिसँग र सभामुख बिच टकराव


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • काठमाडौं । संघीय संसद्को महासचिवको सिफारिस कार्यान्वयनमा ढिलाइ गरेको भन्दै सभामुख देवराज घिमिरे राष्ट्रपति रामचन्द्र पौडेलसँग रुष्ट भएका छन् । सभामुखले शीतलनिवासबाट संसद्को क्षेत्राधिकारमाथि अनुचित हस्तक्षेप भएको ठानेका छन् । राष्ट्रपतिसँग तिक्त संवाद भएपछि उनी कानुनी उपचार खोज्ने तयारीमा छन् ।

    Advertisement

    कानुन व्यवसायी र सरोकारवालासँग संवाद गरिरहेका सभामुख घिमिरे राष्ट्रपति पौडेलमाथि थप दबाब बढाउने रणनीतिमा छन् । ‘संविधान र कानुनअनुसार भएको सिफारिस राष्ट्रपतिले रोक्नु अनुचित छ’, सभामुख घिमिरेले निकटस्थहरुसँग भनेका छन् ।

    संघीय संसद्का महासचिव भरतराज गौतमले मंसिर २४ गते राजीनामा दिएका थिए । २५ गते सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ महासचिवमा पद्मप्रसाद पाण्डेयलाई सिफारिस गरेका थिए । उक्त सिफारिसलाई लिएर घिमिरे र तिमिल्सिना आफैं राष्ट्रपति भवन शीतलनिवास गएका थिए ।

    संसद् सचिवालयका अनुसार गौतमको राजीनामा स्वीकृत र नयाँ महासचिवमा पाण्डेयको नियुक्ति एकसाथ हुने अपेक्षा थियो । तर, एउटाको राजीनामा स्वीकृत नहुँदै सोही पदमा भएको अर्को सिफारिस रीत अनुसार नभएको भनी राष्ट्रपति कार्यालयले पाण्डेको नियुक्ति होल्ड गरेको छ ।

    शीतलनिवासको यो कामलाई सभामुख घिमिरेले संसद्को क्षेत्राधिकारमाथि अनुचित हस्तक्षेप ठानेका छन् ।

    राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार ‘नयाँ महासचिवमा नियुक्तिका लागि प्राप्त सिफारिस रीत पुगेको नदेखिएकोले अध्ययन भइरहेको छ ।’

    राष्ट्रपति कार्यालयको यो तर्क उचित नरहेको र यो तर्कको कानुनी आधार नभएको भनी सभामुख घिमिरेले स्वयं राष्ट्रपति पौडेलसँग कुराकानी समेत गरिसकेका छन् ।

    भरतराज गौतमको राजीनामा भने २६ मंसिरमा राष्ट्रपतिले स्वीकृत गरिसकेका छन् । सोही दिन सभामुख घिमिरेले नयाँ महासचिवको नियुक्तिको विषयमा कुरा गर्न खोजेका थिए । तर, त्यसदिन सभामुखको राष्ट्रपतिसँग कुरा हुन सकेन ।

    २७ गते राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच संवाद भयो । स्रोतका अनुसार राष्ट्रपति पौडेलकी छोरी मार्फत भएको टेलिफोन संवादमा सुरुमै सभामुख घिमिरेले नयाँ महासचिवको नियुक्तिको विषयमा जिज्ञासा राखेका थिए । राष्ट्रपति पौडेलले अध्ययन गरिरहेको जवाफ दिए ।

    त्यसपछि सभामुख घिमिरे महासचिवको नियुक्ति लम्बिए संसद्लाई असहयोग हुने भन्दै असन्तुष्टि जनाए । साथै संविधान र कानुनले सिफारिस रोक्ने अधिकार राष्ट्रपतिलाई नदिएको भनी कड्किए । राजीनामा दिएमा पद खाली हुने व्यवस्था रहेको उल्लेख गर्दै उनले नयाँ नियुक्ति सिफारिसका लागि राजीनामा स्वीकृत हुनुपर्ने बाध्यकारी व्यवस्था नरहेको बताए ।

    ‘राजीनामा दिएपछि पर्खिनुपर्छ ? कति दिन पर्खिनुपर्छ ? कति घण्टा पर्खिनुपर्छ ? स्वीकृति हुनुपर्ने बाध्यकारी व्यवस्था भए त्यतिन्जेल पर्खिनुपर्छ । महासचिवको हकमा राजीनामा दिएमा पद खाली हुन्छ । नयाँ सिफारिसका लागि पर्खिनुपर्ने बाध्यकारी व्यवस्था छैन’, टेलिफोन संवादको ब्रिफिङ सुनेका एक अधिकारीका अनुसार सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई भनेका छन्, ‘सिफारिस कार्यान्वयन गर्नु चाहिं राष्ट्रपतिको लागि बाध्यकारी छ ।’

    सभामुख घिमिरेले महासचिव नहुँदा संसद्लाई अप्ठ्यारो हुने बताए । जवाफमा राष्ट्रपति पौडेलले ‘के गर्दा हुन्छ त्यो गर्दै जानु न’ भन्ने जवाफ फर्काए ।

    राष्ट्रपति पौडेलसँगको संवादपछि सभामुख घिमिरेले पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिए । त्यसपछि राष्ट्रपति पौडेल र सभामुखबीच पुनः संवाद भएको छैन ।

    राष्ट्रपति कार्यालयका अधिकारीहरु संसद्का महासचिवको नियुक्तिको विषयमा भएको प्रक्रियाका सम्बन्धमा राजनीतिक र कानुनी परामर्श लिइरहेका छन् । सभामुख घिमिरे राष्ट्रपति कार्यालयले गरेको तर्कको कानुनी हैसियत र सान्दर्भिकता खोज्न लागेका छन् । उनी त्यसलाई आधार मानेर अदालत समेत जाने तयारीमा रहेको उच्च स्रोतले बतायो ।

    सभामुखलाई सुझाव दिने कानुनविद् र सरोकारवालाहरुका अनुसार पाण्डेयको नियुक्तिको संवैधानिक र कानुनी आधार सही छ ।

    संविधानको धारा १०६ मा संघीय संसद्को महासचिव र सचिव सम्बन्धी व्यवस्था छ । जहाँ राष्ट्रपतिले प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिव नियुक्त गर्ने भनिएको छ ।

    संसदमा महासचिवको पद रिक्त हुने सम्बन्धी व्यवस्था संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाको सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐनको दफा ६ मा छ । जहाँ राजीनामा दिएमा महासचिवको पद रिक्त हुने भनिएको छ ।

    राजीनामा दिएमा पद खाली हुने भनिएकाले नयाँ महासचिवका लागि सिफारिस गर्न राष्ट्रपतिबाट स्वीकृति कुर्नु नपर्ने र राष्ट्रपतिले सिफारिस फिर्ता पठाउन सक्ने संवैधानिक र कानुनी आधार नरहेको राय सभामुखलाई दिइएको छ ।

    ‘विधेयक फिर्ता हुन सक्छ । तर, सिफारिस फिर्ता हुनसक्ने कल्पना संविधानले गरेको छैन’, सभामुखलाई कानुनविद्हरुको राय छ ।

    राजनीतिक रुपमा दबाब बढाउन सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य सचिवमा बैकुण्ठ अर्याललाई ल्याउँदा गरेको निर्णय देखाउन थालेका छन् । ३२ जेठ २०८० मा मुख्य सचिवमा अर्याललाई नियुक्त गर्नु अगाडि सरकारले बहालवाला मुख्य सचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरेको थियो ।

    ‘आफूलाई काम गर्न सहज हुने पात्र जसले पनि खोज्छ’ उनी थप्छन्, ‘सरकारले आफ्नो काम चलाउनको लागि संसदमा महासचिव जस्तै मुख्यसचिव हुन्छ । मन्त्रिपरिषद्ले मुख्य सचिवको नियुक्त गर्दा फलानालाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा राखेर फलानालाई नियुक्त गरेको भनेको होइन ? यो कुराहरु सभामुखले गर्दै हिंड्नुपर्ने भएको हो र ?’

    राजनीतिक इच्छाका आधारमा महासचिवको नियुक्ति सिफारिस भएको हो कि भनी आशंका गर्नेसँग सभामुख घिमिरे सहमत छन् । साथै यो स्वाभाविक भएको उनलाई लाग्छ । संसदको महासचिव नियुक्तिको अधिकार पनि संसद्को भएको र यसमा हस्तक्षेप हुन नहुने उनको बुझाइ छ ।

    ‘सभा सञ्चालनका लागि मैले योग्य व्यक्ति ल्याएँ कि, अयोग्य ल्याएँ कि कि, बाहिरको ल्याएँ कि, भित्रको ल्याएँ कि, कालो ल्याएँ कि, सेतो ल्याएँ कि, यी सबै विगतमा गर्दा विवाद नहुने र वर्तमानमा विवाद आउने ?’ सभामुख घिमिरेको प्रश्न छ ।

    संसद्का महासचिवको नियुक्तिको विवाद लम्बिने र संसद्ले सभा सञ्चालनका लागि अनुकूल महासचिव ल्याउन नपाउने अवस्था बन्यो भने संसद्को गरिमा कमजोर हुने उनको तर्क छ ।

    महासचिवमा नियुक्तिका लागि प्रतिनिधिसभाको सचिवबाट पाण्डेयले राजीनामा दिनुपर्ने कतिपयको तर्क छ । राष्ट्रपति कार्यालयले यो तर्कलाई समाउन सक्ने भन्दै संसद सचिवालयले विगतको नजिर देखाएको छ ।

    संसद् सचिवालयका सहसचिव डा. सुरेन्द्र अर्याल राष्ट्रिय सभाको सचिव भएका थिए । त्यसबेला अर्यालले सहसचिवबाट राजीनामा दिएका थिएनन् । सेवा अवधि जोडिने भएकाले र सचिव वा महासचिव पदमा नियुक्तिका लागि लाभको पदमा रहेको हुन नहुने संवैधानिक र कानुनी व्यवस्था नभएको भनी सम्बन्धित अधिकारीहरु बताउँछन् ।

    भरतराज गौतमका अनुसार उनले महासचिव नियुक्त भइसकेपछि राजीनामा दिएका थिए । सिफारिस हुनु अगाडि वा नियुक्ति पाउनु अगाडि उनी सचिव पदमा बहाल थिए ।

    यी लगायतका नजिर र उदाहरण देखाए तापनि राष्ट्रपतिले महासचिवमा पाण्डेको नियुक्ति लम्ब्याउन सक्नेमा सभामुख घिमिरे सशंकित छन् । यदि लम्बिन्छ भन्ने लाग्यो भने छिटै यो विषय सर्वोच्च अदालतमा पुग्ने/लैजाने योजनामा सभामुख छन् ।

    स्रोतका अनुसार सभामुख घिमिरेले महासचिवको नियुक्ति लम्बिए अदालत गएर कानुनी उपचार खोज्ने चेतावनी राष्ट्रपति पौडेललाई नै दिइसकेका छन् ।

    संसद्का महासचिवको नियुक्ति सिफारिस ‘होल्ड गरेर राखे वा फिर्ता पठाए कानुनी उपचारको विषय हुन्छ’ सभामुखलाई कानुनविद्हरुको राय छ । त्यस अनुसार सभामुखको सचिवालय राष्ट्रपतिको निर्णय कति दिनका लागि कुर्ने भन्ने सम्मको तयारीमा जुटेको छ ।

    अदालत जाँदा कार्यवाहक महासचिव पाण्डे स्वयं जाने कि सिफारिसकर्ता सभामुख र राष्ट्रिय सभा अध्यक्ष जाने निर्क्योल भइसकेको छैन । तर, पाण्डे भन्दा सिफारिसकर्ता सभामुख र राष्ट्रिय सभा अध्यक्ष जानु उपयुक्त हुने राय दिइएको छ ।

    महासचिवको नियुक्ति लम्बिएर राष्ट्रिय सभाको चुनावसम्म पुग्यो भने के हुन्छ ? भन्ने प्रश्नको जवाफ भने सम्बन्धित अधिकारीहरुले भेट्टाएका छैनन् । आगामी माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदैन ।

    राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको कार्यकाल आगामी फागुन २० गते सकिंदैछ ।

    त्यतिन्जेलसम्म महासचिव नियुक्तिको विषय लम्बिन नदिन पनि अदालत जाने सोचमा सम्बन्धित अधिकारीहरु पुगेका हुन् ।

     

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer