• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

सोचेजस्तो नतिजा आएन, समय खेर फालियो: पराजुली


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • काठमाडौं । संसदीय गतिविधिमा नियमित रूपमा सक्रिय सांसद हुन्- काठमाडौं क्षेत्र नं. ७ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली । प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा पराजुलीको उपस्थिति शतप्रतिशत रहेको छ ।

    Advertisement

    सुशासनका र जनताका पक्षमा निरन्तर आवाज उठाउने पराजुली संसद्मा समय पाउँदासम्म बोल्छन् । संसद्को अधिवेशन सकिएलगत्तै उनी ‘सांसद रिपोर्ट कार्ड’ बोकेर निर्वाचन क्षेत्रमा घरदैलो गर्छन् ।

    ‘चुनावमा मैले म नियमित संसद् जान्छु र तपाईंका आवाज बोल्छु भनेको थिएँ । त्यो वाचा मेरो कर्तव्य हो’ सांसद पराजुली भन्छन्, ‘जनताले निर्वाचित गराउनुभयो । मैले जनअपेक्षा अनुसार गर्न नसकेको पनि हुँला । त्यसबारे राय लिएर आगामी दिनमा अगाडि बढ्नेछु ।’

    दुई कारणले आफू शतप्रतिशत संसद्मा उपस्थित हुनसकेको ठान्छन् पराजुली । पहिलो, आफ्नो रुचि अनि दोस्रो, भूगोल । ‘संसद् भवन नजिकै निर्वाचन क्षेत्र भएका कारण मलाई केही सुविधा छ । तर पनि नियमित संसद्मा जानु र त्यसमा सहभागी हुनुमा सुविधाले भन्दा पनि मेरो रुचिले काम गरेको छ’, सांसद पराजुली भन्छन् ।

    बाहिरबाट देखे जस्तो संसद्को भित्री अभ्यास सहज नभएको उनको बुझाइ छ । बहुमत र अल्पमतको खेल हुने र त्यसले कुनै सांसदको प्रयासलाई सफल हुन नदिने वातावरण बन्नुलाई उनी नमीठो मान्छन् । खासगरी संकल्प र ध्यानाकर्षण प्रस्ताव छलफलमा लैजाँदा अगाडि बढ्न नपाएको उनको गुनासो छ ।

    उनीसँग केही सकारात्मक अनुभव पनि छन् । ‘खानेपानी, ढल, बाटोका विषयहरू उठाएँ । उठाएका मुद्दा सम्बोधन हुँदा रहेछन्’ उनी भन्छन्, ‘संसद्मा बोलेको भनेर जनताले दबाब दिने रहेछन् । संसद्मा कुरा उठ्यो भने सम्बन्धित निकायले चासो दिने र काम हुने रहेछ । स्वतः काम गर्नुपर्ने जिम्मेवारीमा रहेको निकायले पनि जनप्रतिनिधिको दबाब महसुस गर्दा रहेछन् ।’

    पराजुलीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व गर्ने चाहना राखेका थिए । तर, ठूला दलहरूले गरेको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी समावेश थिएन । त्यसपछि उनले जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

    त्यसबेला उनले भनेका थिए, ‘राजनीतिक दलले सदनमा उपस्थितिको आधारमा समितिको नेतृत्व गर्न पाउनुपर्ने स्वाभाविक प्रक्रिया हो । तर, राजनीतिक भागबन्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट गर्नुभयो । यो दूषित कुरा हो । हामीले उम्मेदवारी फिर्ता लिएर मधेशीप्रति न्याय गरेका हौं ।’

    अल्पमत र बहुमतको निर्णयले कतिपय अवस्थामा संसद्कै कामकारबाहीमा प्रभाव पारेको उनको अनुभव छ । समग्र संसद्को नतिजामा उनी सन्तुष्ट छैनन् । ‘दुइटा अधिवेशनमा जम्मा एउटा ऐन संशोधन भएको छ । यस्तो हुनुहुन्थेन, भयो’ उनी थप्छन्, ‘कानुन निर्माणमा नतिजा खोजियो भने लाग्छ– समय खेर फालियो ।’(साभार)

     

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer