• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

धनकुटावासीको गोजी भर्दै सुन्तला


  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
  • धनकुटा । धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । नगरको सुन्तला पकेट क्षेत्रका रूपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् । अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको सयपत्री फूल झै रङ्गिचङ्गी देखिएको छ ।

    Advertisement

    यहाँ नागरिकको मुख्य पेसा नै सुन्तला खेती भएकाले गाउँका प्रत्येक घरले वार्षिक लाखौँ कमाउने गरेको माथिल्लो सिप्तेन गाउँका राजीन राईले जानकारी दिए । गाउँमा प्रत्येक घरले चार देखि १५ लाखसम्म कमाइ गरेको देखेर आफूहरूले पनि सगोलमा रहेको १३ रोपनी पुर्खेउली जमिनमध्ये सात रोपनीमा सुन्तला खेती विस्तार गरेको राई बताउँछन् ।

    “हाम्रो त बगैँचामा हुर्किंदै छ । पुरानो ८/१० बोट बेचेर वर्षमा एक लाखसम्मको बेच्ने गरेका छौँ,” राईले भने, “गाउँमा चार लाख, सात लाख, १५ लाखसम्म कमाउनेहरू छन् ।”

    राईका अनुसार माथिल्लो सिप्तेन गाउँका किसान व्यावसायिक सुन्तला खेतीमा आवद्ध छन् ।

    सोही गाउँमा २०५९ सालदेखि २६ रोपनीमा सुन्तला खेती गर्दै आउनुभएका राजु कट्टेलले वार्षिक सात लाखभन्दा बढीको सुन्तला बेच्दै आएको जानकारी दिए । हालसम्म बगैँचा विस्तारकै क्रममा रहेकाले आगामी दिनमा वार्षिक १५ लाख बढी कमाइ गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

    त्यस्तै, वडाको तल्लो सिप्तेन गाउँमा २०२४ सालदेखि सुन्तला खेती गर्दै आएका जीतेन्द्र राईले यो वर्ष ४० देखि ५० लाखको सुन्तला उत्पादन गरेका छन् । पच्चिस रोपनीबाट हाल ४० रोपनीमा सुन्तला खेती गर्दै आएका राईले सिजनअनुसार दैनिक तीन देखि १२ जनालाई रोजगारसमेत दिँदै आएका छन् ।

    गत वर्ष २१ लाखको सुन्तला बेचेका राईले भने, “यो वर्ष पोहोरको तुलनामा सुन्तला बढी फलेकाले ४० लाख बढीको बेच्ने सोचमा छु ।”

    विसं २०५२ देखि सुन्तला तथा फलफूलको व्यापार समेत गर्दै आएका राईले गाउँभरि सुन्तला खेती र व्यापारिक चहलपहलका कारण हाल गाउँमा करिब एक सयको हाराहारीले व्यापार सिकेर स्वरोजगार बनेको पनि बताए । सुन्तला बेचेरै हाल २५ रोपनीबाट ७० रोपनी जमिन जोडेको बताउने राईले तल्लो सिप्तेनको लाँकुरे, शिलिङ्ग्वा गाउँका करिब ७० घर व्यावसायिक सुन्तला खेतीमा आवद्ध रहेको जानकारी दिए ।

    अहिले सिप्तेन गाउँको प्राय: हरेक घरमा सुन्तलाको नर्सरी र बगैँचाले भरिभराउ छन् । पाँच सय पाँच घरधुरी भएको यस वडामा करिब दुई सय ५० किसान व्यावसायिक सुन्तला खेतीमा आवद्ध रहेको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए ।

    घिमिरेका अनुसार यस वडामा सुन्तला बेचेर वार्षिक दुई करोडको हाराहारीमा नगद भित्रने गरेको जानकारी दिए । अहिले धनकुटामा सुन्तलाको खुद्रा मूल्य प्रतिकेजी ५० रुपैयाँदेखि एक सय ५० सम्म रहेको छ ।

    जिल्लाको सातवटै स्थानीय तहमा खोकु स्थानीय र धनकुटा स्थानीय जातको सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जिल्लामा सबैभन्दा बढी सहिदभूमि गाउँपालिका, धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकामा सुन्तला खेती हुने गरेको ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिए ।

    गत आर्थिक वर्ष २०८९/८० मा दुई हजार आठ सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा यो वर्ष हावापानी अनुकूलन भएकाले १५ प्रतिशतसम्म उत्पादन वृद्धि हुने रानाले जानकारी दिए । हाल आठ सय ७७ हेक्टरमा सुन्तलाखेती रहेको धनकुटामा पाँच सय एक हेक्टरले उत्पादन दिँदै आएको ज्ञान केन्द्रको तथ्याङ्क छ । रासस

    शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer