• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

चुनाव जितेर मात्रै माननीय भइँदैन, लोकले मान्नुपर्छ: जगमान गुरुङ 


  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
  • काठमाडौँ । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले नेपालमा सङ्घीयता कायम रहनेमा आशङ्का व्यक्त गरेका छन् । शनिबार काठमाडौँमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोक साहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली–कर्णालीको लोक साहित्य र संस्कृति’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आशङ्का व्यक्त गरेका हुन् ।

    Advertisement

    उनले चुनाव जितेर आएर मात्रै माननीय नहुने र माननीय हुनका लागि लोकले मान्नुपर्ने बताए । लोकले मानेन भने राष्ट्रपति हुँदैमा सम्माननीय नभइने उनको भनाइ छ ।

    उनले नेताहरूले नै प्रदेश रहने कुरामा आशङ्का व्यक्त गरिरहेको बताए । उनले आफू नेपाल प्रज्ञा प्रतिष्ठानमा रहँदा सात वटै प्रदेश चिनाउने ग्रन्थ रचना गर्ने भनेर लागे पनि सरकारले सहयोग नगरेको गुनासो गरे ।

    उनले नेपालको सर्वाङ्गिण विषय समेटिएको ग्रन्थ सम्पादन र प्रकाशन गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘नेपाल प्रज्ञा प्रतिष्ठानमा आएपछि मैले के कुरा उठाएँ भने सत्यमोहन जोशीको संयोजकत्वमा यस्तो काम गरेको छ । नेपाल चिनाउने ग्रन्थ छैन, अहिले नेपाल सात प्रदेशमा विभाजित भयो, सातै प्रदेशको सर्वाङ्गिण विषय समेटिएको ग्रन्थ रचना गर्नुपर्छ भनेर एउटा परियोजना सञ्चालन गर्ने लक्ष्य राखेको थियौँ । तर नेपाल सरकारबाट सहयोग भएन । प्रज्ञा प्रतिष्ठानको बजेट कटाएर अहिले समस्या कहाँ छ त, कुन प्रदेशमा छ भन्दा मधेस प्रदेश । मधेसको अनुसन्धान गर्नुपर्छ, तर पहाडकाले होइन, मधेसकैले हो । हाम्रो इतिहास अर्कोले लेखेर बिगारिदियो भन्छ । त्यसैले उनीहरूलाई नै लेख्न लगायौँ । ग्रन्थ तयार भयो तर हामी अवकाश पायौँ । छापेर ठिक्क प्रेसमा जान लागेको छ । त्यो ग्रन्थ तुहिएको होइन, अझै छ । कुनै बेला आउला । त्यो सातै प्रदेशको इतिहास समेटिएको पुस्तक आउनेछ । सातै प्रदेश रहन्छ की रहँदैन, रहँदैन भन्छन्, नेताहरू । तर नेपाल त रहन्छ । नेपालको सर्वाङ्गिण विषय समेटिएको ग्रन्थ सम्पादन हुन्छ र प्रकाशन हुन्छ । यसले राजाको मात्रै कुरा गर्छ भन्लान् । नेपाललाई चिनाउने इन्साइक्लोपिडिया छ त ? छैन । चुनाव जितेर आएर मात्रै माननीय हुँदैन, लोकले मान्नुपर्छ । अहिलेका कतिपयलाई लोकले मानेको छ ? मानेको छैन । राष्ट्रपति हुँदैमा सम्माननीय हुँदैन । लोकले मान्नुपर्छ । हामीले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्छ । विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने भन्ने कुरा आयो । गर्छु भनेर पनि सरकारले सहयोग गर्दैन । आफू आफूमा माननीयहरूले पाँच करोड, कति कति राख्छन् । तर देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्छौँ पैसा देऊ भन्दा मान्दैन ।’

    उनले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्ने भन्दै देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्न बजेट माग्दा सरकारले सहयोग नगरेको बताए । यस पुस्तक देउडा गीतका गायक यज्ञराज उपाध्यायले रचना गरेका हुन् । ९८४ पृष्ठको उक्त पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोक साहित्यका विभिन्न विधा–उपविधाहरूलाई केलाइएको छ ।

    शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer