• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विश्वशान्ति धामको निर्माण पुनः सुरु


  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित
  • लुम्बिनी। बुद्ध जन्मस्थल लुम्बिनीमा सात वर्षअघि सुरु भएको विश्वशान्ति धामको निर्माण पुनः सुरु भएको छ । वौद्ध धर्मगुरु श्याल्पा तेञ्जिङ रिन्पोछेले सुरु गरेको धाम निर्माणको काम कोरोना महामारीका कारण रोकिएको थियो । ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको धाम ४४ मिटर उचाइको चार तले र कमलको फूल आकारको हुने छ । शनिबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, धर्मगुरु रिन्पोछे, अमेरिकी दुतावासका प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर विश्व शान्ति धाम निर्माणको पुनः सुरुवात गरेका छन् । त्यसपछि उपस्थित धर्मगुरुहरु, संघसंस्थाका प्रतिनिधि पालैपालो श्रमदानमा सहभागी भएका थिए ।

    Advertisement

    विश्वशान्ति धाम निर्माणका लागि सरकारले ६६ रोपनी जग्गा उपलब्ध गराएको छ । धाम निर्माण पूरा गर्ने रिन्पोछेले बताए । धाम बनाउन लाग्ने उक्त लागत रकम जुटाउन हरेक व्यक्तिले एक रूपैयाँ, एक डलर, एक पाउन्डका दरले भए पनि सहयोग गर्न सक्ने उनले बताए । विश्व शान्ति धाम निर्माणका लागि सहयोग जुटाउन नेपालसहित विभिन्न मुलुकमा शान्ति महोत्सव, सांगीतिक कार्यक्रम गर्दै आएको रिन्पोछेले बताए । विश्वभरका मानिसले खोजिरहेको शान्ति लुम्बिनीमा पाइने भएकाले विश्व शान्ति धाम बनाउने कार्यमा पनि विश्वभरका व्यक्तिहरूको सहयोगको अपेक्षा गरिएको रिम्पोछेले बताए ।

    ‘विश्व शान्ति धाम हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरू एक साथ आउन सक्ने र शान्तिको सन्देश विश्वभर फैलाउंदै मानव कल्याण र हितको लागि काम गर्न सक्ने खुला मञ्च हुनेछ’, रिन्पोछेले भने, ‘विश्वव्यापी रुपमा बढ्दो युद्ध, जलवायु परिवर्तन र मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न विश्व शान्ति धामले संसारभरका नागरिकलाई शान्तिको मार्गमा लाग्न प्रेरित गर्नेछ ।’

    विश्व शान्ति धाम निर्माणले लुम्बिनी क्षेत्रको मात्र नभई नेपालको प्रचार–प्रसार विश्वभर हुने र यहाँको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउने धर्मगुरु रिम्पोछेको भनाइ छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा. ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुग्ने बताए । यो आयोजना लुम्बिनीको लागि मात्र नभई संसारकै लागि शान्तिको प्रतीक बन्ने उनको भनाइ छ । लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै सबैको सहयोगबाट यो निर्माण हुने बताए ।

    नेपालका लागि अमेरिकी दूतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न निर्माणाधीन विश्व शान्ति धामले सघाउ पु¥याएको उल्लेख गरिन् । कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति अभियान्ता माइकल सङ र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे । धामको हरेक तला ३४ सय वर्गमिटर क्षेत्रफलका हुने र त्यहाँ १५ सय जना अट्ने शान्ति वार्ता हल, शान्ति संग्रहालय, शान्ति पुस्तकालय, प्रवचन कक्ष, ध्यान कक्ष, युनिभर्सल पिस इन्ष्टिच्युट, रिट्रिट सेन्टर आदि संरचना बनाइने धामकी सूचना अधिकारी पासाङ शेर्पाले बताइन् ।

    आइतबार, पुष ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer