• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तेस्रो पटक सर्यो कांग्रेसको महासमिति बैठक


  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसले तेस्रो पटक महासमिति बैठक सारेको छ ।

    Advertisement

    राष्ट्रिय सभा चुनाव मुखमा आएको भन्दै कांग्रेसले शुक्रबार महासमिति बैठकको नयाँ मिति तय गरेको हो ।

    सानेपामा भएको कार्यसम्पादन समिति बैठकले फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा बैठक गर्ने निर्णय गरेको महामन्त्री गगन थापाले बताए ।

    राष्ट्रिय सभा चुनाव मुखमा आएको र परिस्थिति काबुमै राख्न भन्दै कांग्रेसले महासमिति बैठक सारेको छ। पुसमा महासमिति बैठक गर्दा चिसो हुने तर्क पनि कांग्रेसको छ ।

    २० सदस्यका लागि माघ ११ गते राष्ट्रिय सभा चुनाव हुँदैछ। कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने तयारी गरेको छ ।

    सभापति शेरबहादुर देउवाले पुसमा ‘ठण्डी हुने’ र माघमा राष्ट्रिय सभा चुनाव भएकोले त्यसपछि मात्रै महासमिति गर्न उपयुक्त हुने बताएका थिए ।

    देउवाले फागुन २८ गतेदेखि महासमिति बैठक गर्न प्रस्ताव गरेका थिए। तर महामन्त्री थापा लगायतले ढिलो हुने भनेका थिए। छिटो गर्ने भए फागुन ३ देखि बैठक सुरू गर्न सकिने देउवाको भनाइ थियो।

    केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले यसअघि तोकिएको मिति पुस १६ देखि १९ गते‍सम्म नै महासमिति बैठक गर्नुपर्ने अडान राखे। महासमिति बैठक सार्नुपर्ने उपयुक्त कारण खुलाउन केसीले सभापति देउवालाई आग्रह गरेका थिए।

    केन्द्रीय सदस्य केसीलाई सभापति देउवाले जवाफ दिएनन्। तर उपसभापति पूर्णबहादुर खड्का बोले। उनले राष्ट्रिय सभा चुनावलगायत विषयका कारण महासमिति फागुनमा गर्न उपयुक्त हुने जवाफ दिए।

    कांग्रेसले विभिन्न कारण देखाएर महासमिति बैठक सार्दै आएको छ।

    सुरूमा नीति अधिवेशन सहितको काम गर्न मंसिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो। तर पछि मंसिर २९ गतेदेखि पुस २ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गर्‍यो।

    त्यो समयमा पनि बैठक नहुने भएपछि पुस १६ देखि १९ गतेसम्मलाई सारिएको थियो। यो अवधिमा महासमिति बैठक नगरी कांग्रेसले फागुन ७ देखि १० गतेसम्म बैठक गर्न नयाँ मिति तोकेको हो।

    सभापति देउवाले गत मंसिर १३ गते धुम्बाराहीमा भएको पदाधिकारी बैठकमै पुस १६-१९ गतेसम्म महासमिति गर्न गाह्रो हुने बताएका थिए। जाडोमा महासमिति सदस्यलाई काठमाडौं आउन र बसोबास गर्न कठिनाइ पर्ने देउवाको तर्क थियो।

    देउवाले पुसको चिसोलाई देखाएर महासमिति सार्नुपर्ने भने पनि भित्री कारण राष्ट्रिय सभा चुनाव हो। राष्ट्रिय सभा चुनावअघि महासमिति बैठक गर्दा गठबन्धनविरूद्ध आवाज उठ्ने र त्यसले चुनावी माहौल नै बिगार्ने आकलन देउवाको छ।

    देउवाले संस्थापनइतरका नेता शेखर कोइरालासँग धुम्बाराहीमा छलफल गरी महासमिति फागुनमा सार्नेबारे छलफल गरेका थिए। कोइरालासँग सहमति जुटाएर सभापति देउवाले कार्यसम्पादन समितिको शुक्रबारको बैठकबाट तेस्रो पटक महासमिति सारेका हुन्।

    गत बुधबार बत्तिसपुतलीमा भएको संस्थापनइतर समूहको बैठकमा अधिकांश नेताले महासमिति पुसमै गर्नुपर्ने बताएका थिए। यो कुरा सुनेका सभापति देउवाले कोइरालालाई धुम्बाराही बोलाएर फागुनमा महासमिति बैठक गर्ने निर्णयमा सहमति खोजेका थिए। कोइरालाले ‘अनुकूल समयमा महासमिति बैठक गर्न’ सभापति देउवालाई भनेको देउवानिकट एक पदाधिकारीले दाबी गरे।

    महासमितिमा पेश गर्न कांग्रेस केन्द्रीय समितिले महामन्त्री गगन थापालाई साङ्गठानिक र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई समसामयिक राजनीतिक प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ। दुवै महामन्त्रीले तयार पारेको प्रतिवेदनलाई संयुक्त रूप दिने काम भइरहेको छ।

    ‘महामन्त्रीहरूका प्रतिवेदनमा चुनावमा गठबन्धन गरेर जान हुन्न भन्ने विषय छ। अधिकांश महासमिति सदस्यहरू पनि गठबन्धनका खिलापमा देखिएका छन्। यसले मुखमा आएको राष्ट्रिय सभा चुनावी माहौल बिगार्न सक्ने भएकोले बैठक फागुनसम्म सारिएको हो,’ सभापति देउवानिकट एक पदाधिकारीले भने, ‘अर्को कारण चिसो पनि हो।’

    कांग्रेसका एक नेताका अनुसार राष्ट्रिय सभामा कम्तीमा १० सिट दाबी गर्ने तयारी छ। राष्ट्रिय सभा अध्यक्षमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पठाउनेबारे पनि अनौपचारिक छलफल भइरहेका छन्। तर पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि अध्यक्षमा आफू हुनुपर्ने दाबी गरिरहेका छन्।

    शुक्रबार सानेपामा सिटौलाले राष्ट्रिय सभा चुनाव र अध्यक्ष पदबारे आफूले केही नबोल्ने पत्रकारहरूलाई बताएका थिए।

    ‘सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने विषयमा राष्ट्रपति निर्वाचनका बेला (०७९ फागुनमै) सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कुराकानी भएको हो। त्यो बेलाको कुरा सम्झिँदै केही दिनअघि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले सिटौलाको नाम आए अध्यक्षमा माओवादीले दाबी नगर्ने’ बताएको कांग्रेसका एक पदाधिकारी दाबी गर्छन्।

    कांग्रेसले अध्यक्षसहित धेरै सदस्य लिने रणनीतिसाथ राष्ट्रिय सभा चुनावअघि महासमिति बैठक नगर्ने नीति लिएको हो। गठबन्धन दलहरूको मत एकढिक्का गराएर सबै सिट गठबन्धनका उम्मेदवारले नै जित्नुपर्नेमा कांग्रेस छ।

    यसअघि ०७८ माघ १२ मा भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा नेकपा (एमाले) उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए। त्यसबेला सत्ता गठबन्धनबाट जसपाका हेमराज राई उम्मेवार भए पनि थौरै मतभारले पराजित भएका थिए।

    १९ सिटका लागि चुनाव भएकोमा कांग्रेस, माओवादीसहित पाँचदलीय गठबन्धनले एमालेलाई ‘क्लिन स्विप’ गर्ने रणनीति लिए पनि कोशीमा एमालेले एक सिट जितेर सत्ता गठबन्धनको रणनीति विफल बनाइदिएको थियो।

    ‘गठबन्धनकै विरोध गरेर मत प्रभावित हुन सक्ने आकलन भएकोले महासमिति चुनावपछि मात्रै गर्ने निचोडमा पुगिएको हो,’ ती पदाधिकारीले भने।

    आइतबार, पुष ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer