काठमाडौँ । चालु साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक नेप्सेमा करिब ४६ अंकले शेयर बजार बढेको छ । मंगलबार ४५.९८ अंकले बढेको शेयर बजार २१०६.४८ विन्दुमा आएर बन्द भएको छ ।
Advertisement
यसदिन ३१३ कम्पनीका ९९ हजार ६४१ पटक भएको कारोबारमा १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १८३ कम्पनीको शेयर मूल्य बढ्दा ५३ कम्पनीको घटेको छ भने ७ कम्पनीको स्थिर छ ।




