• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पोखरा महानगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण


  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
  • गण्डकी । व्यावसायिक कृषिमा लागेका किसानलाई पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि सुरु भएको ‘प्रथम प्रदेशस्तरीय कृषि यान्त्रिकीकरण प्रदर्शनी’का अवसरमा महानगरले सो अनुदान वितरण गरेको हो ।

    Advertisement

    चालु आवमा अनुदानका लागि छनौट भएका कृषि समूह, सहकारी तथा फार्मले प्रदर्शनी कक्षबाटै आफूलाई आवश्यक परेका कृषि उपकरण तथा प्रविधि खरिद गर्ने प्रबन्ध मिलाइएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । “देशविदेशका कम्पनीले आफ्नो उत्पादनलाई प्रदर्शनीमा राखेका छन्, महानगरभित्रका किसानले रोजीरोजी अनुदानको कृषियन्त्र किन्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “बिल भरपाईका आधारमा ५० प्रतिशत रकम किसानलाई उपलब्ध गराउँछौँ ।”

    महाशाखा प्रमुख कडरियाका अनुसार किसानलाई एक सय १६ मिनिटिलर हलो, तीन सय ८५ टनेल प्लास्टिक, मल्चिङ प्रविधि ९१, थोपा सिँचाइ ३६, स्प्रेयर एक सय २२, असिना छेक्ने जाली ८५ र ५८ मौरीघार अनुदानमा उपलब्ध गराइएको हो । महानगरले वडा तहमा कृषि सञ्जालमार्फत प्रदान गरिने कृषि औजार तथा उपकरण पनि सञ्जालले चाहेको खण्डमा प्रदर्शनीस्थलबाटै वितरण गर्ने योजना बनाएको छ ।

    व्यावसायिक कृषि पकेटको छुट्टै कार्यक्रममार्फत एक सय नौ कृषि समूह, सहकारी र फार्म अनुदानका लागि छानिएको महानगरले जनाएको छ । महाशाखा प्रमुख कडरियाले महानगरले बर्सेनि कृषिको यान्त्रिकीकरणका लागि ८० लाखभन्दा बढी अनुदान रकम खर्च गर्ने गरेको बताउनुभयो । पछिल्लो एक दशकयता किसानले कृषि उत्पादनदेखि प्रशोधनका काममा नयाँ-नयाँ कृषियन्त्र र उपकरणको प्रयोग बढाउँदै गएको उहाँको भनाइ छ ।

    महानगरले अनुदानमा कृषि उपकरण वितरण गर्न थालेपछि व्यावसायिक कृषितर्फ आकर्षण बढ्दै गएको पोखरा-५ को दिदीबहिनी कृषक समूहका सन्तोषी नेपालीले बताउनुभयो । उहाँले उत्पादनसँगै कृषिको बजारीकरणमा पनि महानगरलगायत राज्यका निकायले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । व्यावसायिक कृषि विकासका लागि कृषिलाई यान्त्रिकीकरण गर्नुपर्नेमा कृषि क्षेत्रका विज्ञले जोड दिँदै आएका छन् ।

    परम्परागत र निर्वाहमुखी कृषि प्रणालीले किसानको उत्थान नहुने महाशाखा प्रमुख कडरियाले बताउनुभयो । “कम लागतमा कृषि उत्पादन र बजारीकरणका लागि यान्त्रिकीकरणलाई अवलम्बन गर्नु आवश्यक छ, नयाँ–नयाँ उपकरण र प्रविधिलाई किसानको पहुँचमा पुर्‍याउनुपर्छ”, उहाँले भन्नुभयो । रासस

     

    आइतबार, पुष २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer