• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

गाउँमा उखु छ, कोल घुमाउने युवा छैनन्


  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
  • बैतडी । गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युवा रोजगारीका लागि बिदेसिएपछि महिलाहरूले परम्परागत कोलमा उखु पेल्न गोरु लगाएर गुड बनाउने परम्परा धानेका छन् ।

    Advertisement

    बैतडीमा पुस दोस्रो हप्तादेखि माघ, फागुन र चैतसम्म उखु पेल्ने चलन छ । परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा पाँच घण्टा आगोमा पकाएपछि गुड तयार हुन्छ । गुड पकाउने स्थानलाई यहाँ खुदेउडा भन्ने गरिन्छ । दिनभरि समूहिक रूपमा उखु पेलेर रातभरि गुड पकाउँदै खुदेउडामा रमाइलो गर्ने युवाको जमात अचेल मुस्किलले भेटिने गरेका छन् ।

    सिगास गाउँपालिका–१ का उखु किसान पार्वती भट्टले कोल पेल्ने युवा नभएकाले गोरु लगाएर दिउँसो एक ताउला उखुको रस निकालेर साँझ नपर्दै खुदेउडा बन्द हुने गरेको बताउनुभयो । उहाँले युवा पलायन भएपछि गुड पकाउने परम्परा जोगाउन महिला किसानले घरायसी उपभोगका लागि मात्रै उखु लगाउन थालेको बताउनुभयो ।

    गुड पाक्ने खुदेउडामा अचेल पहिलेको जस्तो रमाइलो छैन । शिक्षक टङ्कप्रसाद भट्टले दिनभरि उखु पेलेर रातभरि खुदेउडामा गुड पकाउँदा देउडा, आइना बातै हालेर रमालो गर्ने परम्परा हराइसकेको बताउनुभयो । गाउँमा रोजगारी छैन । उहाँले स्थानीय सरकारले गुड उत्पादनमा प्रोत्साहन नगर्दा बैतडीका ग्रामीण क्षेत्रमा उखु लगाउने चलनसमेत घट्न थालेको गुनासो गर्नुभयो ।

    विगतका वर्षमा ३० ताउला (गुड पकाउने तामाको भाँडो) मा उखु पेल्दै आउनुभएका बैतडी सिगास गाउँपालिका–१ का ७० वर्षीय लालमनी भट्टले यो वर्ष मुस्किलले पाँच ताउला गुड तयार भएको बताउनुभयो । उहाँले गाउँमा उखु लगाउने र कोल पेल्ने युवा नभएपछि उखु उत्पादन घटेको बताउनुभयो । गाउँमा महिला, केटाकेटी र ज्येष्ठ नागरिक मात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।

    आयुर्वेदिक गुण

    बैतडीको गुड आयुर्वेदिक औषधीमा प्रयोग हुँदै आएको छ । सदरमुकामस्थित आयुर्वेदिक मेडिकलका सञ्चालक वैद्य भोजराज भट्टले बैतडीको स्थानीय गुड खोज्न मुस्किल हुन थालेको बताउनुभयो । उहाँले तामाको भाँडामा पकाएको बैतडीको गुड शरीरका लागि अमृत समान भएको बताउनुभयो । उहाँले गुड आशव आरिस्ट जस्ता आयुर्वेदिक झोल औषधीका रूपमा प्रयोग हुने बताउनुभयो ।

    उहाँले गुडमा क्याल्सियम, आइरन, पोटासियम, सोडियम, फस्फोरस र प्रोटिन जस्ता प्राकृतिक गुणकारी तìव पाइने भएकाले गुड शक्तिवर्धक, रक्त शुद्धता, बाथ रोग, दम रोग, अपच र महिनावारी अनियमिततामा लाभकारी हुने बताउनुभयो ।

    भेलीको प्रयोग बढ्यो

    बैतडीको स्थानीय गुड प्रतिकिलो दुईदेखि तीन सय रुपियाँसम्म बिक्री हुने गरे पनि माग अनुसार स्थानीय गुड पाइँदैन । बैतडीमा स्थानीय गुड उत्पादन घटेपछि अहिले तराईका जिल्लामा उत्पादन हुने भेलीको गुडले बजार ओगटेको छ । व्यापारी शेरसिंह भण्डारीले स्थानीय गुड नपाएपछि बाहिरी जिल्ला र भारतीय बजारबाट आएको गुड र चिनी बिक्री गर्दै अइरहेको बताउनुभयो ।

    गुड पाइने घरमा अहिले चिनीको उपभोग बढ्दै गइरहेको छ । शिक्षक धनबहादुर ऐरीले गुडको चिया खाने चलन हराइसकेको बताउनुभयो । उहाँले एक केजी गुडको मूल्य दुईदेखि तीन सय रुपियाँ पर्ने भएकाले एक सय रुपियाँ प्रतिकेजीमा पाइने चिनीको प्रयोग बढेको बताउनुभयो । “गाउँमा युवा छैनन् । अधिकांश मानिस बसाइँ सरेर तराई झरिसके । पहाडको आधा जमिन बाँझो छ । यहाँ उखु कसले लगाउने ?” उहाँले भन्नुभयो, “बाध्यताले पहाडमा बसेका किसानलाई कहीँबाट पनि उखु खेतीमा प्रोत्साहन मिल्दैन । उखु पेल्ने कोल किन्न ३० हजार रुपियाँ पर्छ ।

    समान्य किसानले उखु पेल्ने कोल किन्न सक्दैनन् । त्यसैले बेरोजगार युवा उखु खेतीभन्दा भारत जान तयार हुन्छन्,” उहाँले भन्नुभयो ।(गोरखापत्र)

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer